8 years ago
July 28, 2017
कोलम्बिया (एजेन्सी) – विवाहको ६ वर्ष पछि कोलम्बियाका स्टार फुटबलर हामेज रोड्रिग्वेज र उनको पत्नी ड्यानिएला ओस्पिना छुट्टिने पक्का भएको छ। ड्यानीएला कोलम्बियाको राष्ट्रिय फुटबल टोली एवं आर्सनलका गोलकिपर डेबिड ओस्पिनाकि साख्य बहिनी हुन्।
ओस्पिना र रोड्रिग्वेज बीचको सम्बन्ध बारे बिगत केहि महिना देखि विभिन्न हल्ला चलेपनि ओस्पिनाको म्यानेजर टाटीयाना जुलुगाले बायर्न म्युनिखका मिडफिल्डर रोड्रिग्वेज र ओस्पिनाले आपसी समझदारीमा छुट्टिने निर्णय गरेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा टाटीयानाले ओस्पिना र रोड्रिग्वेज ६ वर्ष भन्दा लामो समयपछि छुट्टिने बयान दिएकी छिन ।’रोड्रीग्वेज र ओस्पिना आपसी समझदारीमा छुट्टिन लागेका हुन्। सालोम रोड्रिग्वेज ओस्पिनाको (यी दुइको बच्चा) भविष्यलाई ध्यानमा राख्दै उनीहरुले आफुबीचको माया सदभाव कायम राख्ने छन्। ‘
ओस्पिना आफुपनि भलिबल खेलाडी हुन् ।आफुलाई कोलम्बियामा मोडल र खेलाडीको रुपमा स्थापित गर्दै आएकी ओस्पिना र रोड्रिग्वेजबीच दुरी बढ्दै गएपछि उनीहरुले छुट्टिने निर्णय गरेको अनुमान छ ।रोड्रिग्वेज १९ र ओस्पिन १८ वर्ष हुदा उनीहरु विवाह बन्धनमा बाधिएका थिए। यसअघि रोड्रीग्वेजले म्याड्रिड छाडेपछि ड्यानीएलालाई म्युनिखमा आउन आग्रह गरेपनि उनले नमानेपछि सम्बन्ध थप चिसिएको हो।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]