default_image

8 years ago

July 29, 2017

रियल र बार्सिलोना मायमीमा भिड्दै

126 views

0 Bookmark

मायमी (एजेन्सी) – प्रि सिजन अन्तर्गत जारी इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा शनिबार अमेरिकाको मायामीमा स्पेनका दुइ ठूला महारथी भिड्दै छन्। यस सिजनको पहिलो एल क्लासिकोमा दुवै टोलीले आफ्नो युवा र अनुभवी खेलाडीलाई मिश्रण गरेर उतार्नेछन्।

classico

प्रि-सिजन टुरमा रहेका दुवै टोलीले यसअघी दुइ खेल खेलीसकेका छन् ।बार्सिलोनाले दुवै खेलमा जीत हासिल गरेको छ भने रियलले भने अघिल्लो दुवै खेलमा हारको सामना गरेको हो।

बार्सिलोनाले दुइ खेलमा तीन गोल गर्दा क्लबको सबै गोल नेयमारले गरेका हुन् । पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्टसलाई २-१ ले हराउदा नेयमारले पहिलो हाफमा दुई गोल गरेका थिए भने दोस्रो खेलमा इङ्लिस् टोली म्यानचेस्टर युनाइटेडसँगको १-० को जीतमा नेमारको पहिलो हाफको गोल निर्णायक रह्यो ।

त्यस्तै रियलकालागि भने प्रि-सिजनको नतिजा अहिलेसम्म निराशाजनक छ। अघिल्लो सिजन ला लिगा, च्याम्पियन्स लिग, सुपर कप र क्लब बिश्व कप जितेको जिदानको टोलीले यो सिजनको वर्म अप खेलहरुमा खराब सुरुवात गरेको छ । पहिलो खेलमा युनाइटेडसँग १-१ को बराबरीपछि पेनाल्टीमा हारेको म्याड्रिड दोस्रो खेलमा म्यानचेस्टर सिटीसँग ४-१ ले पराजित भएको थियो ।

बार्सिलोनासँग प्रि-सिजनमा उत्कृष्ट प्रदर्शन गरेपनि नेयमारको भविष्य भने अन्योलमा छ। अमेरिकामा हुने मैत्रीपूर्ण ‘एल क्लासिको’ को प्रशिक्षण क्रममा नेयमार र डिफेन्डर सेमेडोबीच हानाहान परेपछि उनी क्लबमा खुशी नभएको देखिन्छ।

दुइ टोली बीचको पछिल्ला ७ खेलमा दुवै टोलीको ३ जीत , ३ हार र  १ बराबरी छ। ला लिगाको सुरुवातअघि मायमी र सुपरकोपामा गरेर रियल र बार्सिलोना ३ पटक आमने सामाने हुदै छन् । मैत्रीपूर्ण भनिएपनि रियल जित्दै लयमा फर्किने प्रायसमा हुनेछ भने बार्सापनि आफ्नो जीतको लयलाई निरन्तर्ता दिने प्रयासमा हुन्छ ।

मायामीमा हुने एल क्लासिको नेपाली समय , कुन च्यानलले प्रसारण हुन्छ हेर्न यहाँ थिच्नुहोस ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.