default_image

8 years ago

July 30, 2017

म्यानचेस्टर सिटीले स्पर्सलाई हरायो

114 views

0 Bookmark

न्यासभिल (एजेन्सी) – प्रि-सिजनको तयारीका क्रममा अमेरिका पुगेका इङ्गलिस प्रिमियर लिग टोलीले अन्तिम मैत्रीपूर्ण खेल खेलेका छन् शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्स्परलाई ३-०ले पराजित गर्यो

सिटीको जितमा जोन स्टोन्सले खेलको १०औं मिनेटमा गोल गरेका थिए स्टोन्सले केभिन डे ब्रुएनको फ्रिकिकमा बक्सभित्र रहेर हेडरमार्फत गोल गरेका थिए। सिटीले खेलको ७३औं मिनेटमा रहिम स्टरलिङको गोलमा अग्रता दोब्बर पारेको थियो। वैकल्पिक खेलाडी ब्राहिम डियाजले खेलको अन्तिम समयमा गोल गर्दै सिटीको जित पक्का गरेका थिए।

प्रि सिजनको पहिलो मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको सिटीले त्यसयता रियल म्याड्रिडलाई ४-०ले पराजित गर्यो यता टोटेनहमले सुरुवाती खेलमा पीएसजीलाई ३-२ले पराजित गरेपनि रोमसँग हार व्येहोरेको थियो

दुवै टोली नयाँ सिजनको तयारीलाई पुरा गर्दै घर फर्केका छन् इङ्गलिस सिजनको सुरुवात अर्को साता हुने आर्सनल र चेल्सीको कम्युनिटी सिल्डबाट हुनेछ

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.