8 years ago
July 30, 2017
सिंगापुर (एजेन्सी)– नयाँ स्ट्राइकर अल्भारो मोराटाले चेल्सीमा सफलताका लागि प्रदर्शनमा सुधार गर्नुपर्ने प्रशिक्षक एन्टोनियो कोन्टेले बताएका छन् । सिंगापुरमा शनिबार इन्टर मिलानसँग २–१ ले हारेको खेलमा मोराटाले कमजोर प्रदर्शन गरेपछि कोन्टेको यस्तो भनाई सार्वजनिक भएको हो ।
रियल म्याड्रिडका पूर्व खेलाडीले बायर्न म्युनिखसँगको ‘डेब्यू’ खेलमा उच्च प्रदर्शन गरेका थिए । यद्दपी त्यो खेल पनि चेल्सीले गुमाएको थियो । प्रि सिजनमा बायर्न र इन्टरसँग गरि लगातार दुई खेल गुमाउँदै चेल्सी फर्कदैछ ।
इन्टरसँगको खेलपछि कोन्टेले भने,‘मोराटाले हामीसँग प्रशिक्षण सुरु गरिसकेका छन् । हाम्रो फुटबलको शैलीसँग चाँडो घुलमिल हुन उनले आफ्नो शारीरिक अवस्थामा सुधार ल्याउन जरुरी छ ।’
मोराटाले राम्रो प्रदर्शनका लागि प्रयास गरेको जनाउँदै कोन्टले थपे,‘उनी मेहनत गरिरहेका छन् । उनले इन्टरसँगको खेलमा पनि जति सक्दो राम्रो गर्ने प्रयास गरेका हुन् । तर पनि उनले अझै सुधार गर्नुपर्ने आवश्यकता छ ।’
इन्टरसँग मोराटालाई बायाँ विङ्सबाट खेलाइएको थियो, जुन उनको स्वभाविक ठाँउ भने होइन । प्रिमियर लिग च्याम्पियन टोलीबाट पहिलो रोजाई पर्नका लागि स्पेनिस मोराटाले सुधार गर्नेपर्नेमा कोन्टेले जोड दिएका छन् ।
बेल्जियमका मिची बाट्सुयीले प्रि सिजनमा उच्च प्रदर्शन गरेका छन् । यहि समरमा क्लब छोड्ने तरखरमा रहेको डिएगो कोस्टाको ठाँउ लिनका लागि मोराटाले फर्ममा जतिसक्दो छिटो फर्कन आवश्यक रहेको बताइएको छ ।
रियलमा दुईवटा च्याम्पियन्स लिग उपाधि जितेका मोराटा झन्डै ६० मिलियन युरोमा चेल्सी पुगेका थिए । चेल्सीले प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधिमा बलियो चुनौति पेश गर्न मोराटा भित्राएको हो ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]