default_image

8 years ago

July 31, 2017

रोनाल्डो प्रशिक्षणमा फर्कंदै

120 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यसै साताबाट रियल म्याड्रिडको प्रशिक्षणमा सामेल हुने भएका छन्। कन्फेडेरेसन कपमा सहभागिता जनाएको र जुम्ल्याहा सन्तानको पिता बनेकाले रियलले रोनाल्डोलाई थप छुट्टि दिएको थियो।

आगामी साता हुने युइएफा सुपर कपको खेलमा रियलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। रोनाल्डो उक्त खेलमार्फत आफ्नो सिजनको सुरुवात गर्दैछन्। प्रि सिजनको सबै खेलमा पराजय भोगेको म्याड्रिडले रोनाल्डोको आगमनसँगै प्रदर्शनमा सुधार हुने विश्लेषकहरुको बुझाइ छ।

यसैगरी रियलले स्पेनिस सुपर कपको होम एण्ड अवे खेलमा चिर परिचित प्रतिद्वन्द्वि बार्सिलोनाको पनि सामना गर्नेछ। केहि दिन अघि भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना ३-२ले विजयी भएको थियो। रोनाल्डोले प्रि सिजनका कुनै खेलमा पनि सहभागिता जनाएनन्।

यस वर्षको ब्यालोन डि’ओरको दावेदारीमा बलियो देखिएका रोनाल्डो सिजनको राम्रो सुरुवात गर्ने दाउमा छन्। रियलले यस सिजनको सुरुवातमा दुई उपाधि जितेको खण्डमा रोनाल्डोलाई व्यक्तिगत उपाधिमा पनि थप सहयोग मिल्नेछ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.