8 years ago
July 31, 2017
ओस्लो (एजेन्सी)– माराउने फिलानीले म्यानचेस्टर युनाइटेड छाडेर गालातासारे नजाने प्रशिक्षक जोसे माउरिन्होले प्रष्ट पारेका छन् । ठट्टाको शैलीमा माउरिन्होले भनेका छन्,‘ फिलानी भन्दा म टर्किस क्लबमा जाने सम्भावना बढी छ ।’
आइतबार युनाइटेडले नर्वेजियन क्लब भालेरेन्गालाई ३–० ले हराउँदा पहिलो गोल फिलानीले नै गरेका थिए । त्यसअघि गालातासारेका स्पोर्टिङ डाइरेक्टर चिन्क उर्गिनले आफुहरुले २९ वर्षे फिलानीलाई भित्राउन चाहेको बताएका थिए ।
आफ्नो टोलीमा रहने विश्वासका साथ माउरिन्होले भने,‘गालातासारेले फिलानीलाई भन्दा मलाई लान सहज छ । यो सबै विर्र्सिए हुन्छ । उनी मेरो लागि धेरै महत्वपूर्ण छन् ।’ उर्गिनले बेल्जियन ओल्डटार्फडबाट बाहिरिने क्रममा रहेको र आफ्नो क्लबमा आउने बताउका थिए । निमान्जा माटिक युनाइटेड जान लागेकाले पनि फिलानी गालातासारे पुग्ने अनुमान भने गरिएको थियो ।
त्यसका वावजुद फिलानी ओस्लोमा आइतबारको खेलमा पहिलो रोजाइमा परेका थिए । उनले पहिलो हाफका लागि एक मिनेट समय बाँकी रहँदा हेडमार्फत गोल गरेका थिए । केही समर्थकको आलोचनाका वावजुदा माउरिन्होको पहिलो सिजनमा फिलानी अधिकांश समय पहिलो रोजाइमा थिए ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]