8 years ago
August 1, 2017
पेरिस (एजेन्सी)– हाल चीनमा रहेका ब्राजिलियन स्टार नेयमार अब बार्सिलोना नफर्की सोझै फ्रान्स नै पुग्ने सम्भावना रहेको फ्रान्सेली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघी १ सय ९६ मिलियन पाउन्ड मा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गर्नुअघि नेयमार स्वास्थ्य परिक्षणका लागि चिनबाट दोहा जाने बताइएको थियो ।
ला पारिसियनले नेयमार चीनबाट सिधै फ्रान्स फर्कने उल्लेख गरेको छ। नेयमार यति बेला आफ्नो प्रायोजकका कार्यक्रममा सरिक हुनका लागि चीनमा रहेका छन्। पिएसजीका कतारी मालिकलाई भेट्नका लागि पनि नेयमार दोहा जाने अनुमान गरिएको थियो। विश्व कीर्तिमानी रकमसहित नेयमार यो साता पिएसजीमा सरुवा हुने सम्भावना रहेको बताइएको छ।
२५ वर्षे नेयमारले ६ वर्षको सम्झौता गर्ने र उनले प्रति साता ५ लाख पाउन्ड भन्दा बढी प्राप्त गर्ने अनुमान गरिएको छ। बार्सिलोनाका सिनियर खेलाडी जेरार्ड पिके, आन्द्रेस इनियस्टा लगायतका खेलाडीले नेयमारलाई स्पेनमै उनको भविष्य उज्जवल रहेको बताउँदै आएका थिए। सन् २०१३मा बार्सिलोना आएका नेयमारले ४ वर्ष क्लबमा बसेबापत पाउने २५ मिलियन युरो बोनस लिएर क्लब छाड्ने भएका हुन्।
तर, बार्सिलोनाले आफ्ना तीन विश्वस्तर स्ट्राइकरलाई अब सँगै पाउने सम्भावना लगभग समाप्त भएको छ। लियोनेल मेस्सी र लुइस सुआरेजससँगै नेयमारले टोलीमा उच्च प्रदर्शन गर्दै आएका थिए। नेयमार सोमबार चीनको संघाईमा प्रचारात्मक कार्यक्रममा सहभागी भएका थिए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]