default_image

8 years ago

August 1, 2017

बार्सिलोनाले बोनस दिन नमानेपछि नेयमार स्पेन फर्किए

113 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना फर्कने भएका छन्। यसअघि सम्झौता अनुरुप २५ मिलियन पाउण्ड तिर्ने सहमति भएपनि बार्सिलोनाले नेयमारले क्लब छाड्ने भएपछि उक्त बोनस तिर्न आनाकानी गरेको हो।

आफ्नो पितासँग नेयमार (फाइल तस्बिर)

नेयमारका पिता नेयमार सिनियरलाई सम्झौता अनुरुपमा जुलाईको अन्त्यसम्म पैसा तिरिसक्नुपर्ने भएपनि बार्सिलोनाले त्यसो नगरेको बुझिएको छ। नेयमारले बार्सिलोनासँग त्यसपछि नयाँ अनुबन्धन गरिसकेको र त्यसअनुरुप उनले पुरा समय बसेमात्र उक्त बोनस दिने बार्सिलोनाको तर्क रहेको क्याटलान मिडियाले जनाएका छन्। बार्सिलोनाले नेयमार क्लबमै बसेको खण्डमा भने पुरा पैसा तिर्ने सर्ट राखेको छ।

चीनमा रहेका नेयमार सिधै ट्रान्सफर पुरा गर्न दोहा हुँदै पेरिस पुग्ने बताइएपनि अब उनि दुबई हुँदै बार्सिलोना प्रस्थान गरेका छन्। बार्सिलोनामा क्लबका व्यवस्थापनसँग बसेर यसलाई सुल्झाएर नेयमार पिएसजी जाने प्रक्रिया अन्त्य हुने बुझिएको छ। बार्सिलोनाले नेयमारले क्लब छाडेको खण्डमा २५ मिलियनबाट केहि अंशमात्र दिने बताएको छ। यता नेयमारका पिताले भने यस्तो समस्या आउने देखेरै नेयमारको पिएसजी जाने निर्णय लिन अगष्ट सम्म पर्खेका थिए।

नेयमारलाई क्लबका सिनियर खेलाडीले पनि क्लबमै बस्न निरन्तर आग्रह गर्दै आएका छन्। तर नेयमारले भने आफु पिएसजी जाने निर्णय लिइसकेको जानकारी दिएका छन्। उनले विगत केहि दिनदेखि बार्सिलोनाको प्रशिक्षणमा पनि सहभागी भएका छैनन्। गत साता सेमेडोसँगको झगडापछि क्लब र नेयमारको सम्बन्ध थप चिसिएको छ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.