default_image

8 years ago

August 1, 2017

यू१८ राष्ट्रिय फुटबल टोलीको नामावली घोषित

128 views

0 Bookmark

काठमाडौँ (एजेन्सी) – अखिल नेपाल फुटबल संघले साफ यू१८ फुटबल प्रतियोगिता र एएफसी यू१९ च्याम्पियनसिपको छनोट चरणलाई लक्षित गर्दै ३५ सदस्यीय टोलीको घोषणा गरेको छ। यसअघी प्रारम्भिक छनोटमा ७२ जना खेलाडी रहेकोमा प्रशिक्षक छिरिङ लोप्साङले ३५ खेलाडीको नाम घोषणा गरेका हुन्।

तस्बिर: एन्फा

प्रशिक्षण टोलीमा लोप्साङसँगै पुस्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र पनि रहेका छन्। प्रारम्भिक टोलीको छनोट जेठ महिनामा सम्पन्न ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा गरिएको थियो। त्यसयता टोलीले करिब डेढ साता प्रशिक्षण गरेपछि ३५ खेलाडीको नामावली सार्वजनिक गरिएको हो।

टोलीमा पछिल्लो पटक यू१६ राष्ट्रिय टोलीमा रहेका खेलाडीको बाहुल्यता रहेको छ

३५ सदस्यीय पूर्ण टोली:

गोलरक्षक: अर्पण कार्की, सोजित गुरुङ, संदेश गुरुङ, आकाश रानाभाट, अविशेक बराल

डिफेन्डर: विश्वास उदास, असिम भुषाल, बिकाश खवास, राजन गुरुङ, सुमन अर्याल, दिपेन्द्र बुढा, आशिष केसी, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बु

मिदिफिल्डर: अशोक थापा मगर, दिनेश हेन्जन, अविशेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, संजय ठकुरी, रमेश बर्तौला, एरिक विष्ट, राम वजी, राजिभ लोप्चन, मनिष थापा, रोशन पहरी

फरवार्ड: रेजिन सुब्बा, दिपेश आले मगर, प्रेजेन तामाङ, धिरज श्रेष्ठ, ओम प्रकाश सिंह, राजेश परियार, अजय दनुवार, कमल देउबा

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.