default_image

8 years ago

August 2, 2017

लिभरपुलद्वारा बायर्न ३-०ले पराजित

107 views

0 Bookmark

म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जर्मनीमा सुरु भएको औडी कप अन्तर्गतको खेलमा लिभरपुलले घरेलु टोली बायर्न म्युनिखलाई ३-०ले पराजित गरेको छ। दुवै तर्फबाट आ-आफ्नो बलियो टोली उतारेको खेलमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गरेको थियो।

लिभरपुलका लागि सादियो मानेले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रोबर्टो फिर्मिनोको पासलाई सदुपयोग गर्दै मानेले टोलीलाई अग्रता दिलाएका थिए। लिभरपुलका लागि दोश्रो गोल नयाँ खेलाडी मोहमद सलाहले गरेका थिए। उनले ३४औं मिनेटमा अल्बर्टो मोरेनोको क्रसमा गोलरक्षकले छेक्न खोजेको बलमा हेडरमार्फत गोल गरेका थिए।

दोश्रो हाफको ६८औं मिनेटमा मैदान प्रवेश गरेका ड्यानीएल स्टरिजले लिभरपुललाई ३-०को अग्रता दिलाए। उनले गोलरक्षक अल्रीचलाई चिप गर्दै उत्कृष्ट गोल गरेका थिए। यद्दपी उनि खेलको अन्त्यतिर घाइते भएपछि मैदान छाड्न बाध्य भए।

बुधबार हुने फाइनलमा लिभरपुलले एटलेटिको म्याड्रिडको सामना गर्नेछ भने बायर्नले नेपालीसँग खेल्दैछ।

 

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.