default_image

8 years ago

August 2, 2017

अहसज भएपछि बेलले अभ्यास छाडे

105 views

0 Bookmark

सिकागो (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेललाई फेरी पनि चोटले दुःख दिन सक्ने सम्भावना बढेको छ । मंगलबार गोलीगाँठामा असजिलो महसुस भएपनि बेलले अभ्यास छाडेका थिए । एमएलएस अल स्टारविरुद्ध बुधबार सिकागोमा हुने मैत्रीपूर्ण खेलका लागि रियलका खेलाडीले अभ्यास गरेका थिए ।

गत सिजन बेलले चोटको श्रृखंला ने बेहोर्नु परेको थियो । मंगलबार अभ्यासका क्रममा असहज महसुस गरेपछि उनले मैदान छाडेका थिए । वेल्सका खेलाडीलाई फिटनेस सम्बन्धि थप समस्या परेमा  ला लिगा र च्याम्पियन्स लिग च्याम्पियन टोलीमाथि ठूलो धक्का लाग्नेछ । रियलले अर्को साता सुपर कपमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

बेल पछिला महिनाहरुमा गोलीगाँठा र पिडौलाको चोटबाट पटक पटक पीडित भएका थिए । प्रशिक्षक जिनेदिन जिदान बेल विस्तारै खेलम फर्कदा उत्साहित भएका थिए । ‘विस्तारै उनी फर्कदै थिए । त्यो टोलीका लागि सुखद हो । उनले धेरै लामो चोटको सामना गर्नुपर्यो ’ जिदानले भने, ‘प्रि सिजनको सुरुवात देखि राम्रो भइरहेको थियो । प्रदर्शनबाट पनि म दुःखी छैन । किनकी पुरै टोली लयमा छ । ’

बेलले गत सिजन मात्र १७ खेल पहिलो रोजाइमा परेका थिए । कार्डिफमा मेमा भएको युभेन्ट्सविरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि बेल बेन्चमा बस्नु परेको थियो । जिदानको टोलीले मंगलबार मेसेडोनियामा युनाइटेडको सामना गर्नेछ । बुधबार रियसलविरुद्धको मैत्रीपूर्ण खेलमा अलस्टारबाट काका, बास्टियन स्वान्सटाइगर र टिम हवार्ड उत्रनेछन् ।

 

 

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.