default_image

8 years ago

August 2, 2017

मेस्सीले भिडियोमार्फत नेयमारलाई भावुक बिदाई दिए

152 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ब्राजीलीयन फरवार्ड नेयमार बार्सिलोना छाडेर पिएसजी जाने पक्का भएसँगै स्टार फरवार्ड लियोनेल मेस्सीले नेयमारलाई भिडियोमार्फत भावुक बिदाई दिएका छन्। सन् २०१३मा बार्सिलोना आएका नेयमारले मेस्सीसँग बार्सिलोनामा रहेर सबै उपाधि जित्न सफल रहे।

मेस्सीले सामाजिक संजाल इन्स्टाग्राममा नेयमारसँग मैदानभित्र बिताएका पलहरुलाई संगाल्दै एक भिडियो पोष्ट गरेका हुन्। उनले भिडियोसँगै एक सन्देश पनि लेखेका छन्।

मेस्सीले नेयमारलाई दिएको सन्देश यस्तो छ: ‘मेरो साथि, तिमीसँग यी वर्षहरु सँगै बिताउन पाउँदा म खुशी छु। तिम्रो जिन्दगीको नयाँ यात्राको लागि मेरो शुभकामना छ। हामी चाँडै भेट्ने छौं। धेरै धेरै माया।’

नेयमारले पनि उक्त सन्देशमा प्रतिक्रिया दिएका छन्। उनले मेस्सीलाई धन्यवाद दिंदै उनको साथ पनि धेरै याद आउने बताए।

नेयमारलाई मेस्सीको भिडियो सन्देश:

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.