default_image

7 years ago

August 2, 2017

नेयमारको पिएसजी सुरुवा लगभग निश्चित

बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ । बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार […]

27 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ ।

बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार नेयमारले नै चलाएका थिए । उनी मैदानमा झन्डै ४३ मिनेट रहेको बताइएको छ ।

सबै घटना क्रमलाई हेर्दा बार्सिलोनाले नेयमारलाई क्लब छोड्ने अनुमति दिएको छ । अब उनी फ्रेन्च क्लबको नजिक पुगेका छन् । स्पेनिस रेडियो आरएसी वानले नेयमार अन्य खेलाडीसँग विदा अभ्यास मैदान पुगेका थिए । अब उनको पिएसजीको सुरुवा तयारी सुरु भएको छ ।
नेयमार र पिएसजी अघि बाटै छलफलमा थिए ।

सामाजिक सजालमा व्यापक फलोअर्स रहेका ब्राजिलयन युवा स्ट्राइकरले लेखेका छन् ,‘उत्कृष्ट पेरिस, द आइफिल टावर, वाइन, खान र फुटबल ।’

नेयमार पूर्वी मंगलबार साझ स्पेन पुगेका थिए । बिहान ९ बजे उनी साथीहरु लिएर क्लबको जोन जम्पर अभ्यास मैदानमा पुगेका थिए। तर उनले अभ्यासमा भाग लिएनन्।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.