default_image

8 years ago

August 2, 2017

रियल र अल स्टार्स भिड्दै

146 views

0 Bookmark

सिकागो (एजेन्सी) – प्रि-सिजनको तयारीमा रहेको रियल म्याड्रिडले नेपाली समयानुसार बिहिबार बिहान हुने खेलमा मेजर लिग सकर (एमएलएस)को अल स्टार टोलीसँग भिड्दैछ। प्रत्यक युरोपियन सिजनको सुरुवातअघि हुँदै आएको खेलमा गत सिजन आर्सनलले एमएलएसलाई २-१ले पराजित गरेको थियो।

एमएलएस अल स्टारको टोलीमा युरोपियन अनुभव बोकेका खेलाडी पनि रहेका छन्। रियल म्याड्रिडबाट व्यवसयिक फुटबल खेलिसकेका ब्राजिलियन मिडफिल्डर काकासँगै बार्सिलोनाबाट लामो समय खेलेका स्पेनिस स्ट्राइकर डेभिड भिल्ला अल स्टारको जर्सीमा देखिनेछन्। यसबाहेक जर्मनीबाट लामो समय खेलेका मिडफिल्डर बास्टियान स्वाइनस्टाइगर, इटालीका सबास्टीयान जिओभिन्को, मेक्सिकोका जिओभानी दस सान्टोस र अमेरिकी राष्ट्रिय टोलीका टिम हवार्ड, जोजी अल्टिडोर, माइकल ब्राडली, लगायतका खेलाडीको उपस्थिति रहनेछ।

यता रियल म्याड्रिडबाट पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो बाहेकका सम्पूर्ण खेलाडीहरुले उपस्थिति जनाउनेछन्। प्रशिक्षक जिनेदिन जिदानले यस खेललाई आगामी साता हुने युइएफा सुपर कपको तयारीको रुपमा लिएको र आफ्नो पहिलो रोजाईका खेलाडीलाई मैदानमा उतार्ने बुझिएको छ। रियलले प्रि सिजनका अघिल्ला खेलहरुमा जित हात पर्न नसकेको हुनाले यसमा जित दर्ता गरेर उच्च मनोबलका साथ युरोप फर्कने धुनमा हुनेछ।

रियल अल स्टारको खेलमा सहभागिता जनाउने पहिलो स्पेनिस टोली पनि हो। यसअघी यस प्रतियोगितामा इङ्गल्याण्डका टोलीहरुको बाहुल्यता रहेको थियो भने जर्मनीको बायर्न म्युनिख, इटालीको एएस रोमा र स्कटल्याण्डको सेल्टिकले पनि खेलिसकेका छन्।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.