8 years ago
August 2, 2017
म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत बायर्न म्युनिखको घरेलु मैदान आलियान्ज एरिनामा जारी अडी कप अन्तर्गत फाइनल खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडको सामना गर्दैछ। उक्त खेलमा खेल्न लिभरपुलका पूर्व खेलाडी एवं एटलेटिकोका स्ट्राइकर फर्नान्डो टोरेस उत्साहित रहेको बताएका छन्।
सन् २०११ लिभरपुलबाट ५० मिलियन पाउण्डमा चेल्सी पुगेका टोरेसले चेल्सीमा बिर्सनलायक प्रदर्शन गरेका थिए। त्यस समय लिभरपुलको विरुद्धनै चेल्सीका लागि डेब्यु गरेका टोरेस खासै जम्न सकेका थिएनन्। उनि चेल्सीबाट लोनमा एसी मिलान पनि पुगेका थिए। चेल्सीबाट करार सकिएपछि टोरेस आफ्नो पुरानो क्लब एटलेटिको फर्केका थिए।
हिजो भएको अडी कपको खेलमा लिभरपुलले म्युनिखलाई ३-०ले पराजित गरेको थियो भने एटलेटिकोले नेपालीलाई पराजित गरेको हो। नेपाली र म्युनिखले पनि आज खेल्ने कार्यक्रम रहेको छ।
लिभरपुल र एटलेटिको आमने सामने हुने खबर पाउने बितिक्कै टोरेसले ट्विटर मार्फत आफु उत्साहित रहेको बताए। उनले लिभरपुलको ट्विटलाई कोट गर्दै ‘कान्ट वेट टु फेस द रेड्स’ अर्थात् लिभरपुलसँग खेल्न एकदम उत्साहित छु लेखेका थिए।
लिभरपुलमा ४ सिजन बिताएका टोरेसले ८१ गोल गरेका थिए भने क्लबमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेका थिए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]