8 years ago
August 2, 2017
स्पेन (एजेन्सी) – बार्सिलोनाले फरवार्ड नेयमार पिएसजी जाने पक्का भएसँगै उनको स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मनलाई विकल्पको रुपमा हेरेको छ। ग्रिज्मनले एटलेटिकोसँग भर्खरै मात्र नयाँ सम्झौता गरेको भएपनि बार्सिलोनाले ठुलो रकमको प्रस्ताव राखेर उनलाई भित्र्याउन खोजेको हो।
ट्रान्सफर विन्डोको सुरुतिर म्यानचेस्टर युनाइटेडजाने हल्ला चलेपनि एटलेटिकोले ट्रान्सफर विन्डोमा खेलाडी ल्याउन प्रतिबन्ध भएपछि युनाइटेडको प्रस्ताव अस्विकार गरेको थियो। युनाइटेडले ग्रिज्मनका लागि ६० मिलियन पाउण्डको प्रस्ताव राखेको बुझिएको छ। तर, बार्सिलोनाले भने ग्रिज्मनलाई भित्र्याउन कम्तिमा पनि त्यसको दोब्बर रकम तिर्नुपर्ने हुन्छ। ग्रिज्मनले भर्खरै मात्र नयाँ सम्झौता गरेको र एकै लिगको क्लबमा खेलाडी बेच्दा असर पर्ने हुनाले बार्सालाई महँगो रकम तिर्नुपर्ने बाध्यता छ।
केहि समयअघि लिओनेल मेस्सीले नेयमारले बार्सिलोना छाडेको खण्डमा ३ खेलाडीले उनको स्थान लिन सक्ने बताएका थिए। त्यसमा ग्रिज्मनको नाम भने रहेको थिएन। मेस्सीले युभेन्टसका युवा फरवार्ड पाउलो डीबाला, बोरुसिया डर्टमुण्डका ओस्मान डेम्बेले र लिभरपुलका फिलिप कौटिन्होलाई नेयमारको उत्तराधिकारीका रुपमा हेरेका थिए।
बार्सिलोनाले लिभरपुलका मिडफिल्डर कौटिन्होलाई २ पटक प्रस्ताव गरिसकेको छ भने लिभरपुलले दुवैपटक उक्त खेलाडीले क्लब नछाड्ने बताएको छ। बार्सिलोनाले अन्तिम प्रयास स्वरुप ठुलो रकमको प्रस्ताव राख्ने तयारी गर्दैछ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]