8 years ago
August 3, 2017
लन्डन (एजेन्सी)– इडेन हाजार्ड बार्सिलोना गएको खण्डमा प्रिमियर लिग च्याम्पियन चेल्सीले मोनाकोका स्टार केलियन बाप्पेलाई लिने प्रयास गर्ने भएको छ । १८ वर्षे बाप्पे अहिले युरोपमा सर्वाधिक चासोका स्ट्राइकर मध्येका हुन् । उनले गत सिजन फ्रेन्च च्याम्पियन मोनाकोबाट उच्च प्रदर्शन गरेका थिए ।
बार्सिलोनाको चिर प्रतिद्वन्द्वि रियल मड्रिडसँगै म्यानचेस्टर सिटीले पनि बाप्पेमाथि चासो देखाइरहेका छन् । स्पेनिस टिभि डोन बालोनले पनि बार्सिलोनाले नेयमारको ठाँउमा हाजार्ड ल्याउन चाहेको उल्लेख गरेका छ । नेयमार छिट्टै पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने विश्वास गरिएको छ । सोही रिपोर्टमा बार्सिलोनाले हाजार्डलाई भित्राउन चर्को रकम खर्च गर्न पनि तयार रहेको बताइएको छ । रियलले भने पछिल्लो दुई सिजन देखि हाजार्डमाथि आँखा लगाइरहेको छ ।
मोनाकोबाट बाप्पे ल्याउनका लागि लाग्ने रकम तिर्न मद्दत पुग्ने देखिएमा मात्र चेल्सीका रसियन मालिक रोमन अब्रामोभिच हाजार्ड बेच्न तयार हुन सक्छन्। मोनाकोले बाप्पेका लागि १ सय ७८ मिलियन पाउन्ड माग गरेको छ । जुन रकम अहिलेको विश्व कीर्तिमान रकम भन्दा दोब्बर हो । गत सिजन म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको लागि विश्व कीर्तिमानी ८९ मिलियन पाउन्ड खर्चेको थियो।
यद्दपी बार्सिलोनाले हाजार्डसँगै लिभरपुलका फिलिपे कौटिन्हो, एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मन लगायतका खेलाडीमा पनि आफ्नो नजर राखेको छ। बार्सा आफैंले भने बाप्पेलाई ल्याउने चासो देखाएको छैन।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]