default_image

8 years ago

August 3, 2017

लिभरपुललाई हराउँदै एटलेटिकोले उपाधि जित्यो

114 views

0 Bookmark

म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जर्मन च्याम्पियन बायर्न म्युनिखको मैदानमा जारी अडी कपको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ। फाइनलमा लिभरपुललाई पेनाल्टीमा ५-४ले पराजित गर्दै एटलेटिकोले उपाधि जितेको हो।

निर्धारित समयको खेल १-१मा सकिएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुटआउट मार्फत लिइएको थियो। खेलमा एटलेटिको म्याड्रिडले केइडी बारेको गोलमा अग्रता लिएको थियो। तर रोबर्टो फिर्मिनोले पेनाल्टी मार्फत खेललाई बराबरीमा ल्याएका थिए।

पेनाल्टी सुटआउटमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसनको प्रहार गोलरक्षक मिगुएल एन्जल मोयाले बचाएका थिए। डिफेन्डर फिलिपे लुइसले निर्णायक पेनाल्टीमा गोल गरेपछि एटलेटिकोले उपाधि जितेको हो। यससँगै प्रि सिजनमा लिभरपुलको अपराजित यात्रा पनि समाप्त भएको छ।

प्रतियोगिताको तेश्रो स्थानको लागि भएको खेलमा नेपालीले बायर्न म्युनिखलाई २-०ले पराजित गर्यो। प्रि सिजनमा बायर्नले १ खेलमा मात्र जित हात पार्न सक्यो। चेल्सीविरुद्ध ३-२ले जित्न बाहेक अन्य खेलमा बायर्न पराजित भएको थियो।

लिभरपुलले अब प्रि सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा एथलेटिक बिल्बाओको सामना गर्दैछ भने एटलेटिको ब्राइटनको सामना गर्न इङ्गल्याण्ड पुग्नेछ

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.