default_image

8 years ago

August 3, 2017

नेयमारका करियरकै शीर्ष ५ क्षण

180 views

0 Bookmark

स्पेन (एजेन्सी) – ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने लगभग पक्का भइसकेको छ। विश्व कीर्तिमानी रकममा पिएसजी पुग्न लागेका नेयमारको करियरमा बार्सिलोनाको ४ वर्षे बसाई एकदम महत्त्वपूर्ण रह्यो। उनको फुटबल करियरको अहिलेसम्मको ५ शीर्ष क्षण के होलान त?

१. सान्टोसबाट ट्रान्सफर
नेयमार सन् २०१३मा सान्टोसबाट बार्सिलोना आउँदा पनि विश्व फुटबलमा तहल्का मच्चिएको थियो त्यस समय ५७ मिलियन युरो तिरेको बार्सिलोनाले क्लबमात्र नभएर नेयमारका पिता र ब्राजिलको केहि सरकारी कार्यालयमा समेत केहि रकम तिर्नुपरेको थियो। रियल म्याड्रिडले पनि उनलाई पछ्याईरहेको अवस्थमा बार्सिलोनाले मोटो रकम तिरेको थियो।

२. सन् २०१४को विश्वकप
ब्राजिलमा आयोजित विश्वकपमा नेयमारले उत्कृष्ट प्रदर्शन गर्ने आशा राखिएको थियो उनले आफुले खेलका ५ खेलमा ४ गोल र १ असिस्ट प्रदान गरे तर कोलम्बियासँगको खेलमा ढाडमा चोट बोकेपछि उनले बाँकी खेल खेल्न सकेनन् नेयमारबिनाको ब्राजिलले सेमिफाइनलमा घरेलु मैदानमा जर्मनीसँग ७-१को पराजय व्येहोर्यो

३. बार्सिलोनाको ‘एमएसएन’
सन् २०१४मा सुआरेजको आगमनसँगै नेयमारको प्रदर्शनमा पनि सुधार आयो उनले पहिलो सिजनमा ४१ खेल खेल्दै १५ गोल र १५ असिस्ट दिएपनि सुआरेज आएपछिको दोश्रो सिजनमा भने ३९ गोल र ११ असिस्ट दिन सफल रहे त्यसै सिजन बार्सिलोनाले च्याम्पियन्स लिग, स्पेनिस लिग र कोपा डेल रे जितेर ट्रेबल हासिल गर्यो

४.रियोमा ओलम्पिक स्वर्ण
सन् २०१६मा रियो ओलम्पिकको फुटबलमा ब्राजिलले स्वर्ण पदक जित्यो। फुटबल जगतमा ब्राजिलले जित्न बाँकि रहेको एकमात्र पदकका रुपमा लिइएको यस उपाधि जिताउन नेयमारले उल्लेख्य भूमिका खेले। २०१४को विश्वकपमा लज्जास्पद पराजय भोगेको जर्मनीलाई फाइनलमा पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जित्यो।

५. पिएसजीसँगको अभूतपूर्व प्रदर्शन
सन् २०१६/१७को च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६को पहिलो लेगमा बार्सिलोना ४-०ले पराजित भयो तर दोश्रो लेगको ८८औं मिनेट सम्ममा पनि ३ गोलको आवश्यकता रहेको बार्सिलोनाले अन्तिम ६ मिनेटमा ३ गोल गर्दै खेल जित्यो ८८औं मिनेटमा नेयमारले फ्रिकिक मार्फत गोल गरे भने त्यसको २ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए उनले अन्तिम मिनेटमा सर्जी रोबर्टोलाई दिएको पास गोल भएपछि बार्सिलोनाले अहिलेसम्मकै उत्कृष्ट पुनरागमन गर्यो

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.