default_image

8 years ago

August 3, 2017

फुटबलका अहिलेसम्मकै विश्व कीर्तिमानी ट्रान्सफरहरु

142 views

0 Bookmark

स्पेन (एजेन्सी) – बार्सिलोनाबाट पिएसजी जान लागेका ब्राजिलियन फरवार्ड नेयमारलाई किन्न फ्रान्सेली क्लबले विश्व कीर्तिमानी रकम तिर्ने तयारी गरेको छ। पिएसजीले तिर्न लागेको १ सय ९६ मिलियन पाउण्ड पछिल्लो विश्व कीर्तिमान भन्दा १ सय १० प्रतिशत बढी हो। यसअघि म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पल पोग्बालाई किन्न ९३.२५ मिलियन पाउण्ड खर्चेको थियो।

सन् १९९२देखि अहिलेसम्मका विश्व कीर्तिमानी रकमहरु कति र कसलाई खर्च भयो?

सन् १९९२ – जन-पिएर पापिन – १० मिलियन पाउण्ड – मार्सेबाट एसी मिलान

सन् १९९२ – जिआनलुका भिआली – १२ मिलियन पाउण्ड -साम्पडोरिया बाट युभेन्टस

सन् १९९२ – जियानलुइजी लेन्टिनी – १३ मिलियन पाउण्ड – टोरीनो बाट एसी मिलान

सन् १९९६ – रोनाल्डो नाजारियो – १३.२ मिलियन पाउण्ड – पिएसभी बाट बार्सिलोना

सन् १९९६ – एलन सिअरर – १५ मिलियन पाउण्ड -ब्ल्याकबर्न बाट न्युकासल

सन् १९९७ – रोनाल्डो नाजारियो – १९.५ मिलियन पाउण्ड – बार्सिलोना बाट इन्टर मिलान

सन् १९९८ – डेनिल्सन – २१.५ मिलियन पाउण्ड – साओ पाउलो बाट रियल बेटिस

सन् १९९९ – क्रिस्टियन भिएरी – ३२.१ मिलियन पाउण्ड -लाजियो बाट इन्टर मिलान

सन् २००० – हर्नान क्रेस्पो – ३५.५ मिलियन पाउण्ड – पार्माबाट लाजियो

सन् २००० – लुइस फिगो – ३७ मिलियन पाउण्ड -बार्सिलोना बाट रियल म्याड्रिड

सन् २००१ – जिनेदिन जिदान – ४७.२ मिलियन पाउण्ड – युभेन्टस बाट रियल म्याड्रिड

सन् २००९ – काका – ५९ मिलियन पाउण्ड – एसी मिलान बाट रियल म्याड्रिड

सन् २००९ – क्रिस्टियानो रोनाल्डो – ८०  मिलियन पाउण्ड – म्यानचेस्टर युनाइटेड बाट रियल म्याड्रिड

सन् २०१३ – ग्यारेथ बेल  – ८५.३ मिलियन पाउण्ड – टोटेनहम हट्स्पर बाट रियल म्याड्रिड

सन् २०१६ – पल पोग्बा  – ९३.२५  मिलियन पाउण्ड – युभेन्टस बाटम्यानचेस्टर युनाइटेड

सन् २०१७ – नेयमार – १९८ मिलियन पाउण्ड -बार्सिलोना बाट पेरिस सेन्ट जर्मेन (पिएसजी)

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.