8 years ago
August 3, 2017
सिकागो (एजेन्सी) – प्रि-सिजन तयारीमा अमेरिका रहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडले आफ्नो प्रि-सिजनको पहिलो खेल जितेको छ। अमेरिकाको व्यवसायिक लिग मेजर लिग सकरको अल स्टार टोलीविरुद्ध भएको खेलमा रियल पेनाल्टी सुटआउटमा ४-२ले विजयी भएको हो।
नियमित समयको खेल १-१मा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। युवा खेलाडी बोर्जा मायोरालले ५९औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। मायरालले रियलका नयाँ खेलाडी ड्यानी सेबालोसको पासमा गोल गरेका थिए। तर, ८७औं मिनेटमा डोमिनिक डयरले गोल गरेपछि खेल बराबरीमा आइपुगेको थियो।
पेनाल्टी सुटआउटमा रियलका लागि करीम बेन्जेमा, ग्यारेथ बेल, माटियो कोभाचिच र मार्सेलोले गोल गरेका थिए। यता एमएलएसका अल्मिरोन र भालेरीले गोल गर्दा जिओभानी डस स्यान्टोस चुकेका थिए।
रियलले यसअघी खेलेका प्रि-सिजनका सबै खेलहरुमा पराजय भोगेको थियो। अर्को साता रियलले युइएफा सुपर कप अन्तर्गत म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। त्यसपछि घरेलु सिजनको सुरुवातमा एल क्लासिको हुनेछ। सुपर कपको छिनोफानो गर्न रियलले बार्सिलोनासँग होम र अवे गरेर २ पटक खेल्नेछ।
क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको रियलले अर्को साताबाट भने उनको साथ् पाउने अपेक्षा गरिएको छ। रोनाल्डो कन्फेडेरेसन कपमा सहभगिता जनाएका र जुम्ल्याहा सन्तानका पिता बनेका कारण ढिला प्रशिक्षणमा सामेल हुने भएका हुन्। उनले आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध उत्रने सम्भावना रहेको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]