8 years ago
August 3, 2017
बार्सिलोना (एजेन्सी) – गत सिजनको च्याम्पियन्स लिगको राउण्ड अफ १६को खेलमा बार्सिलोनाले पिएसजीलाई अभूतपूर्व पुनरागमन गरेर पराजित गर्न सफल रह्यो। खेलको अन्तिम ६ मिनेटमा ३ गोल चाहिएको अवस्थामा नेयमारले २ गोल र १ असिस्ट प्रदान गरेपछि बार्सिलोना फुटबल इतिहासकै उत्कृष्ट पुनरागमन गर्न सफल रह्यो। तर, उक्त खेलपश्चात जितको सम्पूर्ण श्रेय मेस्सीलाई जाँदा नेयमारले बार्सिलोना छाड्ने मनसाय बनाएका थिए।
नेयमारले खेलको ८८औं मिनेटमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै गोल गरे भने त्यसको ३ मिनेटपछि पेनाल्टीमार्फत खेलको नतिजा उल्टाउन महत्त्वपूर्ण योगदान दिए। उनकै पासमा सर्जी रोबर्टोले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। तर, खेलपछि समर्थकहरुले मेस्सीलाई भगवान जसरी प्रस्तुत गरेको तस्बिर सबैतिर छाएको र सम्भवतः बार्सिलोनाको लागि सर्वोत्कृष्ट प्रदर्शन गरेका नेयमार त्यसदिन पनि मेस्सीको छायाँमा परे।
नेयमारले त्यस समयमै क्लब छाड्ने मनसाय राखेपनि खुला रुपमा भने त्यसरी प्रस्तुत भएनन्। तर, अझै पनि बार्सिलोनामा रहँदा मेस्सिको छायाँमा रहने र विश्वकप नजिकिंदै गर्दा त्यसले उनको प्रदर्शनमा पनि असर पर्न सक्ने उनले बुझे। बार्सिलोना छाडेर अन्यत्र जुनै क्लबमा जाँदा पनि नेयमार सुपरस्टार रहने र क्लबको मुख्य खेलाडीको रुपमा खेल्न पाउने निश्चित थियो।
२५ वर्षको उमेरमा आफ्नो खेलजीवनकै उच्च फर्ममा रहेका नेयमार विश्वकप नजिकिंदै गर्दा आफुलाई मैदान भित्र र बाहिर स्टारका रुपमा उभ्याउन चाहन्छन्। पिएसजी जाँदा उनले क्लबका शीर्ष खेलाडी बन्ने सँगै आफुलाई आर्थिक रुपमा बलियो र मिडियामा पनि अगाडी आउने मौका पाउँछन्। र सँगैसँगै नेयमार बिना बार्सिलोनालाई केहि अप्ठेरो हुने हुँदा उनको महत्त्व पनि बढ्न जान्छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]