8 years ago
August 4, 2017
पेरिस (एजेन्सी) – ब्राजिलियन फरवार्ड नेयमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले विश्व कीर्तिमानी रकम तिरेर बार्सिलोनाबाट अनुबन्धित गरेको छ। नेयमारले बिहिबार नै क्लबसँग ५ वर्षको संम्झौता गरेका छन्।
बिहिबार क्लबले नेयमारलाई भित्र्याएको पक्का भएको सार्वजनिक भएको हो। उनलाई ल्याउन पिएसजीले २ सय २२ मिलियन युरो ( १ सय ९८ मिलियन पाउण्ड) खर्चेको हो। यसअघि पल पोग्बालाई युभेन्टसबाट म्यानचेस्टर युनाइटेड ल्याउन इङ्गलिस क्लबले ८९ मिलियन पाउण्ड खर्चेको थियो। अहिलेको रकम दोब्बर भन्दा बढीले कीर्तिमान तोडिएको हो।
नेयमारले क्लबसँग जोडीएसँगै ‘युरोपकै सबैभन्दा धेरै आशावादी मध्यको क्लब’ रोजेको बताए। ‘पिएसजीको भावी योजना र आशाले मलाई आकर्षित गर्यो। यस क्लबको प्यासन र उर्जाशक्ति देखेर मैले यहि आउने निधो गरें। मलाई यहाँ बसेर क्लबको योजनामा साथ दिन सक्छु जस्तो लाग्यो। आजको दिनबाट म आफ्नो नयाँ साथीहरुसँग मिलेर क्लबको उन्नति र सफलताको लागि सक्दो प्रयास गर्नेछु।’
२५ वर्षे नेयमारले सान्टोसका लागि २ सय २९ खेलमा १ सय ३८ गोल गरेका थिए भने बार्सिलोनाबाट खेल्दै १ सय ८६ खेलमा १ सय ५ गोल र ८० असिस्ट प्रदान गरे। उनले सन् २०१३मा बार्सिलोनाबाट डेब्यु गरेका थिए। १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट खेलेका नेयमारले हालसम्म ७७ खेलमा ५२ गोल गरिसकेका छन्।
पिएसजीले शुक्रबार पत्रकार सम्मेलन राखेको छ भने शनिबार नेयमारलाई समर्थकहरु माझ प्रस्तुत गराउने कार्यक्रम रहेको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]