default_image

8 years ago

August 4, 2017

जाँदाजाँदै नेयमारले बार्सिलोनालाई धन्यवाद दिए

103 views

0 Bookmark

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले फ्रान्सेली क्लबसँग सम्झौता गरेपछि  पूर्वक्लब बार्सिलोनालाई धन्यवाद दिएका छन्।

सामाजिक संजाल इन्सटाग्राममा सन्देश पोष्ट गर्दै नेयमारले बार्सिलोनालाई कहिल्यै बिर्सन नसक्ने बताए। सन् २०१३मा सान्टोसबाट बार्सिलोना आएका नेयमारले  क्लबमा ४ सिजन बिताएका हुन्। उनले सन्देशमार्फत क्लबबाट खेल्नु सपना पुरा गरे बराबर भएको बताए।

‘मैले एक खेलाडीले जित्ने सम्पूर्ण कुरा बार्सिलोनामा रहेर पाएँ। मैले सानो उमेरमा छंदा भिडियो गेम खेल्थे, त्यसमा बार्सिलोना लिएर खेल्दा र पछि साँच्चै खेल्दा एकदम खुशी छु। मैले यहाँ अविस्मरणीय पलहरु बिताएको छु र यो ठाउँ मेरो लागि सहरभन्दा माथि, मेरो घर जस्तो लाग्नेछ।’

‘बार्सिलोना र क्यटालोनिया सधैं मेरो हृदयमा हुनेछन्। मैले मेरो खेलजीवनमा नयाँ चुनौतीको सामना गर्ने निर्णय लिएको कारण पिएसजी आइपुगेको हुँ। यस क्लबले मलाई अगाडी बढ्ने राम्रो योजना दियो र मैले मेरो हृदयले भनेअनुसार त्यसलाई पछ्याएको हुँ।’

‘मैले सुआरेज र मेस्सीसँग मिलेर उत्कृष्ट साझेदारी गरेको थिएँ। खेलकुदमा एक खेलाडीले चाहने सम्पूर्ण उपाधि जितेर, त्यहाँ रहेर अनेकौं अविस्मरणीय क्षणहरु संगालेको छु। मैले आफुले आइडलका रुपमा हेरेका जाभी, इनीएस्टा, पुयोल, पिके, भाल्डेस, लगायतका खेलाडीहरुसँग खेल्ने मौका पाएँ। म बार्सिलोनालाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन गर्ने बाचा गर्दछु।’

गत सिजन बार्सिलोनाका १३ गोल गरेका नेयमारले बार्सिलोनामा रहेर २ पटक ला लिगा र १ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन्। ब्राजिलको राष्ट्रिय टोलीबाट पनि उनले २३ खेलमा ७७ गोल गरिसकेका छन्।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.