8 years ago
August 4, 2017
पेरिस (एजेन्सी) – बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लागेका ब्राजिलियन फरवार्ड नेयामारले लियोनेल मेस्सी विश्वकै सर्वोकृष्ट खेलाडी रहेको बताएका छन्। उनले क्लब छाडेसँगै जारी गरेको वक्तव्यमा यसो भनेका हुन्।
नेयमारले मेस्सीको बखान गर्दै मेस्सीजस्तो अरु कोहि हुन नसक्ने बताए। ‘मैले विश्वकै सर्वोत्कृष्ट खेलाडीसँग खेल्ने मौका पाएँ। मैले आफ्नो जिन्दगीमा देखेको सबैभन्दा राम्रो खेलाडी मेस्सी नै हुन्, र मलाई लाग्छ उनीभन्दा राम्रो सायदै कोहि आउनेछ। मेस्सी मैदानभित्र मात्र नभएर मैदान बाहिरपनि मेरो मिल्ने साथि भए। मेस्सीसँग खेल्न पाउनु निकै गर्व लाग्यो।’
‘मैले सुआरेज र मेस्सीसँग मिलेर उत्कृष्ट साझेदारी गरेको थिएँ। खेलकुदमा एक खेलाडीले चाहने सम्पूर्ण उपाधि जितेर, त्यहाँ रहेर अनेकौं अविस्मरणीय क्षणहरु संगालेको छु। मैले आफुले आइडलका रुपमा हेरेका जाभी, इनीएस्टा, पुयोल, पिके, भाल्डेस, लगायतका खेलाडीहरुसँग खेल्ने मौका पाएँ। म बार्सिलोनालाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन गर्ने बाचा गर्दछु।’
‘मैले एक खेलाडीले जित्ने सम्पूर्ण कुरा बार्सिलोनामा रहेर पाएँ। मैले सानो उमेरमा छंदा भिडियो गेम खेल्थे, त्यसमा बार्सिलोना लिएर खेल्दा र पछि साँच्चै खेल्दा एकदम खुशी छु। मैले यहाँ अविस्मरणीय पलहरु बिताएको छु र सहदैन यो ठाउँ मेरो लागि सहरभन्दा माथि, मेरो घर जस्तो लाग्नेछ।’
‘बार्सिलोना र क्यटालोनिया सधैं मेरो हृदयमा हुनेछन्। मैले मेरो खेलजीवनमा नयाँ चुनौतीको सामना गर्ने निर्णय लिएको कारण पिएसजी आइपुगेको हुँ। यस क्लबले मलाई अगाडी बढ्ने राम्रो योजना दियो र मैले मेरो हृदयले भनेअनुसार त्यसलाई पछ्याएको हुँ।’
नेयमारलाई शुक्रबार पिएसजीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ भने शनिबार समर्थकहरुमाझ प्रस्तुत गराउनेछ। फ्रान्सको लिग वनको पहिलो खेल शनिबार खेलिनेछ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]