8 years ago
August 4, 2017
लेस्टर (एजेन्सी) – लेस्टर सिटीले म्यानचेस्टर सिटीका नाइजेरियन स्ट्राइकर केलेची इहेनाचोलाई २५ मिलियन पाउण्ड खर्चेर भित्र्याएको छ। २० वर्षीय फरवार्डले लेस्टरसँग ५ वर्षको अनुबन्धन गरेका छन्।
सन् २०१५मा सिटीका लागि डेब्यु गरेका इहेनाचोले त्यसयता ६४ खेल खेल्दै २१ गोल गरेका छन्। उनले गत अगष्टमा नयाँ सम्झौता गरेपनि जनवरीमा ग्यब्रिएल जिससको आगमनसँगै कम मौका पाए। उनले सिटीमा पहिलो रोजाईमा पर्न नसकेपछि क्लब छाड्ने मनसाय बनाएका थिए। लेस्टरले उनलाई आफ्नो मुख्य स्ट्राइकर बनाउने बुझेपछि क्लबलाई प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए।
लेस्टरसँग आबद्ध भएपछि इहेनाचोले आफु एकदम खुशी रहेको बताए। ‘म यस टोलीको सदस्य हुन पाउँदा एकदम खुशी छु। मैले प्रशिक्षकसँग राम्रो कुरा गरेको छु र टोलीको म माथि रहेको आशा र विश्वासमा खरो उत्रिने मेरो लक्ष्य हुनेछ।’
लेस्टरका प्रशिक्षक क्रेग सेक्सपियरले युवा फरवार्ड इहेनाचोको आगमनले टोलीलाई थप उर्जा मिलेको बताए। ‘यो हाम्रोलागि निकै राम्रो ट्रान्सफर हो। केलेची एकदम मिहेनती खेलाडी हुन् र उनले आफ्नो कलाले सबैलाई प्रभावित पारेका छन्। हामीले उनलाई लामो समयदेखि हेर्दै आएका थियौं। उनले टोलीलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्छन भन्ने आशा हाम्रो छ।’
लेस्टरले यसअघि हल सिटिबाट गोलरक्षक एल्डीन याकुपोभिच र डिफेन्डर ह्यारी मगाएर र सेभिल्लाबाट भिसेन्टे इबोर्रालाई भित्र्याईसकेको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]