default_image

8 years ago

August 4, 2017

यस सिजनको शीर्ष ५ महँगा ट्रान्सफर

144 views

0 Bookmark

एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्।

नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने केहिले लोनमा खेलाडी लिने क्रम जारी छ। अहिलेसम्म पुरा भएका शीर्ष ५ महँगा ट्रान्सफरहरु यसप्रकार छन्:

५. एल्क्जेन्डर लाकजेट (लियोनबाट आर्सनल)
फ्रान्सको लिग वनमा दोश्रो सर्वाधिक गोलकर्ता रहेका लाकजेटलाई भित्र्याउन आर्सनलले ५३ मिलियन युरो खर्चेको थियो। उनले आफ्नो डेब्यु खेलमै गोल गरेर समर्थकहरुलाई ठुलो आशा देखाईसकेका छन्।

४. बेन्जामिन मेन्डी (एएस मोनाकोबाट म्यानचेस्टर सिटी)
गत सिजन मोनाकोलाई लिग वन उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मेन्डिलाई ५७.५ मिलियन युरो तिरेर सिटीले भित्र्याएको हो। लेफ्ट डिफेन्स कोहि नभएको अवस्थामा मेन्डिलाई गुआर्डीओलाको टोलीमा चाडै घुलमिल हुनुपर्ने छ।

३. अल्भारो मोराटा (रियल म्याड्रिडबाट चेल्सी)
रियल म्याड्रिडबाट चेल्सी आएका स्पेनिस फरवार्ड मोराटालाई अनुबन्धन गर्न इङ्गलिस क्लबले ६५ मिलियन युरो तिर्यो। रियलमा एकदम कम मौका पाएका मोराटालाई आफुलाई विश्वकप अगाडी सिद्ध पार्ने मौका मिलेको छ।

२. रोमेलु लुकाकु (एभर्टनबाट म्यानचेस्टर युनाइटेड)
गत सिजन एभर्टनबाट खेल्दै प्रिमियर लिगको गोल्डेन बुटमा बलियो दावेदारी प्रस्तुत गरेका लुकाकुलाई भित्र्याउन म्यानचेस्टर युनाइटेडले ८४.७ मिलियन युरो खर्चियो। बेल्जियम राष्ट्रिय टोलीका नियमित सदस्य रहेका लुकाकु युनाइटेडका मिडफिल्डर पल पोग्बाका नजिकका साथी पनि हुन्।

१. नेयमार (बार्सिलोना बाट पेरिस सेन्ट जर्मेन (पिएसजी))
नेयमारलाई बार्सिलोनाबाट भित्र्याउन पिएसजीले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरो तिरेको हो। नेयमारको आगमनसँगै पिएसजीले आफ्नो महत्त्वपूर्ण खेलाडीहरुलाई पनि क्लबमै राख्न सफल रहेको छ। नेयमारले पिएसजीमा १० नम्बरको जर्सी लगाउनेछन्।

 

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.