8 years ago
August 5, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले पिएसजीको शनिबार हुने पहिलो लिग खेल गुमाउने भएका छन्। ला लिगाले पठाउनु पर्ने अत्यावश्यक कागजपत्र पठाउन ढिलाई गरेको कारण यस्तो समस्या आएको हो।
नेयमारको अन्तर्राष्ट्रिय ट्रान्सफर प्रमाण पत्र (आइटिसी) खेल हुने एक दिन अगावै आउनुपर्ने मा त्यसो नभएकाले उनले अमिएन्स विरुद्ध शनिबार हुने लिग वनको खेलमा सहभागिता जनाउने छैनन्। क्लबले खेलअगाडी समर्थकमाझ नेयमारलाई प्रस्तुत गर्ने कार्यक्रम राखेको छ। २५ वर्षे नेयमारलाई बार्सिलोनाबाट पिएसजी ल्याउन फ्रान्सेली क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरो तिरेको हो।
नेयमारले शुक्रबार भएको पत्रकार सम्मेलनमा आफुले पैसाको लागि बार्सिलोना छाडेको भन्ने आरोप निराधार रहेको बताएका थिए। कीर्तिमानी रकममा पिएसजी पुगेका नेयमारले उनले आफु र आफ्नो परिवारको खुशीको लागि बार्सिलोना जाने निर्णय लिएको बताए। ‘मलाई पैसाको लागि बार्सिलोना छाडेको भन्ने मान्छेहरुले मेरो व्यक्तिगत जीवनबारे केहि थाहा छैन। म कहिलेपनि पैसाको पछि लागेको छैन।’
‘म मात्र मेरो खुशीबारे चिन्तित छु र आफुसँगै आफ्नो परिवारको बारे सोचेको छु। म आफ्नो हृदयले भनेको कुरा सुनेर यहाँ आएको हुँ। यदि पैसाको पछि लागेको भए म कुनै अर्को देशमा अर्को लिगमा खेलिरहेको हुन्थें।’
‘मलाई दुख लाग्छ कि मान्छेहरुले यसरि सोच्छन्। म पिएसजीलाई निकै धन्यवाद दिन चाहन्छु किनकि क्लबले म माथि विश्वास राखेको छ। म क्लबले राखेको विश्वासलाई नतिजा दिएर तिर्न चाहन्छु।’
नेयमारलाई क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरो रकम तिरेर भित्र्याएको हो। नेयमारले पिएसजीमा रहेर प्रति साता ५ लाख २० हजार पाउण्ड कमाउने छन्। उनको अहिलेको तलब उनले बार्सिलोनामा कमाउने भन्दा करिब दोब्बर बढी हो।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]