default_image

8 years ago

August 5, 2017

मोनाकोको जितमा बाप्पे घाइते

104 views

0 Bookmark

मोनाको (एजेन्सी) – शुक्रबारदेखि सुरु भएको फ्रेन्च लिगको पहिलो खेलमा साविक विजेता एएस मोनाकोली टुलुजलाई ३-२ले पराजित गरेको छ। खेलमा २ पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा टुलुजले पराजयको सामना गर्नुपर्यो।

१८ वर्षे फरवार्ड किलियन बाप्पेले खेलमा आशातित प्रदर्शन गर्न सकेनन र ७५औं मिनेटमा घाइते भएपछि उनलाई प्रशिक्षकले मैदानमा पुन: प्रवेश गराएनन्। बाप्पेलाई घुँडाको चोट लागेको र उक्त चोटको विस्तृत विवरण आइतबार थाहा हुने बुझिएको छ। खेलको छैटौं मिनेटमा पाहुना टोली टुलुजका लागि जिनेदिन मसासले अग्रता दिलाएका थिए। तर, २८औं मिनेटमा जोआओ मोउटिन्होको कर्नरमा जेमर्सनले गोल गरेपछि खेल बराबरीमा आइपुगेको थियो।

दोश्रो हाफको ५३औं मिनेटमा जिम्मी डुर्माजको पासमा एन्डी डेलोर्टले गोल गरेपछि पाहुना टोलीले पुन: अग्रता लिएको थियो। तर त्यसको ५ मिनेट नबित्दै मोनाकोका कप्तान राडामेल फल्काओले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले जोर्गेको क्रसमा गोल हेडरमार्फत गर्दै बराबरीमा ल्याएका थिए।

खेलको ७०औं मिनेटमा जोआओ मोउटिन्होकै पासमा कमिल जिल्कले हेडरमार्फत गोल गरेपछि घरेलु टोली मोनाकोले खेलमा पहिलो पटक अग्रता लियो। त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि मोनाकोले यस सिजनको सुरुवात जितसँगै गर्न सफल रह्यो।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.