default_image

8 years ago

August 5, 2017

रोनाल्डोद्वारा इङ्गल्याण्ड फर्कन चाहेको खुलासा

98 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफु इङ्गल्याण्ड फर्कने चाहेको मनसाय राखेका छन्। ३२ वर्षीय फरवार्ड रोनाल्डोले साताको सुरुवातमा अदालतमा बयान दिंदा यस्तो खुलासा गरेका हुन्।

अहिले कर छलीको आरोप खेपिरहेका रोनाल्डोले इङ्गल्याण्डमा यस्तो समस्या कहिल्यै नआएको र आफुले अब निकट भविष्यमा उतै फर्कने सोच बनाएको बताए। ‘मलाई इङ्गल्याण्डमा रहँदा कहिल्यै यस्तो समस्या आएन। त्यसैले पनि मा कुनै दिन इङ्गल्याण्ड फर्कन चाहेको छु।’ रोनाल्डोले विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड आउनुअघि म्यानचेस्टर युनाइटेडमा रहेर ६ सिजन खेलेका थिए।

अदालतमा गएर आफुले कर छलेको सम्पूर्ण आरोप निराधार रहेको बताउँदै आएका रोनाल्डोले सोमबार यस्तो अभिव्यक्ति दिएका हुन्। अदालतमा भएको गोप्य सुनुवाईमा भएका कुराहरु सामान्यतय बाहिर आउन गाह्रो हुने भएपनि कादेना सर नामक पत्रिकाले यस्तो खुलासा गरेको हो। सिजनको सुरुतिर रोनाल्डोलाई कर छलीको आरोप लाग्दा उनले क्लब छाड्ने अभिव्यक्ति दिएका थिए।

रोनाल्डोले अर्को साता आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दैछन्। युइएफा सुपर कप अन्तर्गत हुने खेलमा रोनाल्डोले पनि सहभागिता जनाउने बुझिएको छ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.