default_image

8 years ago

August 5, 2017

च्याम्पियन्स लिग प्लेअफमा लिभरपुल र होफनहाइम भिड्ने

133 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – गत सिजन इङ्गलिस प्रिमियर लिगको चौथो स्थानमा रहेको लिभरपुलले च्याम्पियन्स लिग प्लेअफको लागि जर्मनीको होफनहाइमलाई  आफ्नो प्रतिद्वन्द्वीको रुपमा पाएको छ। होफनहाइम पनि गत सिजन बुन्डेसलिगाको चौथो स्थानमा रहेको थियो।

लिभरपुल यस खेलमा जित हात पार्दै छनोट भएमा यस पटक इङ्गल्याण्डबाट ५ टोलीले च्याम्पियन्स लिगमा सहभागिता जनाउने छन्। यसअघि नै उपाधि विजेता चेल्सी, टोटेनहम हट्स्पर, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड समूह चरणको लागि छनोट भइसकेका छन्। म्यानचेस्टर युनाइटेड युरोप लिगको उपाधि जितेको हैसियतले स्वत: छनोट भएको हो।

लिभरपुलले होफनहाइमसँग होम एण्ड अवे लेगमा खेल्नेछ। पहिलो लेग जर्मनीमा हुनेछ भने दोश्रो लेग लिभरपुलको एनफिल्डमा खेलिनेछ। यसैगरी स्कटल्याण्डको च्याम्पियन सेल्टिकले कजाकस्तानको अस्तानासँग खेल्नेछ। अजरबैजानको कराबगले डेनमार्कको कोपनहेगनसँग खेल्दा साइप्रसको अपोएल निकोसिया र छेक गणतन्त्रको स्लाभिया प्राग भिड्नेछन्।

ग्रिसको ओलाम्पियाकोस र क्रोएसियाको रिजेका भिड्नेछन् भने इजराएलको हपोएल बिएर शेभाले स्लोभेनियाको मारिबोरको सामना गर्दैछ। इटालीको नेपोलीले फ्रान्सको निसको चुनौती लिंदा स्विट्जरल्यान्डको योङ ब्वाइजले रसियाको सीएसकेए मस्कोसँग खेल्नेछ। यसैगरि टर्कीको इस्तानबुल बसाक्सेरले स्पेनको सेभिल्लासँग भिड्दा पोर्चुगलको स्पोर्टीङ लिस्बनले रोमानियाको स्टेउआ बुकारेस्टसँग खेल्नेछ।

यी सबै खेलका विजेता टोलीले सिधै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पाउनेछन्। यसअघी अन्य टोलीको भने टुङ्गो लागिसकेको छ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.