default_image

8 years ago

August 5, 2017

बार्सिलोना दोश्रो श्रेणीको टोलीसँग बराबरीमा रोकियो

147 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनको दोश्रो श्रेणीमा खेल्ने क्लब जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले १-१को बराबरी खेलेको छ। खेलमा पछाडी परेको बार्सिलोनालाई फरवार्ड पाको अल्कासेरको गोलको मद्दतले बराबरीमा ल्याएको थियो।

प्रिसिजनका अघिल्ला ३ खेलमा युभेन्टस, म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडलाई पराजित गरेको बार्सिलोनाले यस खेलमा आफ्नो स्टार खेलाडीहरुलाई विश्राम दिएको थियो। नेयमार पिएसजी गएपछिको पहिलो खेलमा बार्सिलोना ११औं मिनेटमा पछाडी पर्यो। आयोजक टोली जिम्नास्टिकका लागि मानु बरेइरोले गोल गरेका थिए। बार्सिलोनाका लागि भने फरवार्ड पाको अल्कासेरले ७९औं मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

लामो समयपछि टोलीमा परेका डिफेन्डर थोमस भर्मालेन खेलको सुरुवातमाइ घाइते भएपछि उनको स्थानमा मार्लोन सान्टोस आएका थिए। जर्मनीका गोलरक्षक मार्क आन्दर टेर स्टेगनपनि दोश्रो हाफमा मैदान प्रवेश गरेका थिए। बार्सिलोनाका लागि आन्द्रेस इनिएस्टा, लिओनेल मेस्सी, जेरार्ड पिके र लुइस सुआरेज बाहेक सबै खेलाडी मैदानमा उत्रिएका थिए।

बार्सिलोनाले अर्को साता ब्राजिलियन टोली चापेकोएन्सीसँग खेल्ने कार्यक्रम रहेको छ। त्यसपछि स्पेनिस सुपर कपमा रियल म्याड्रिडको सामना गर्ने बार्साले नेयमारको स्थानमा को खेलाडी ल्याउने भन्ने निश्चित भइसकेको छैन।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.