default_image

8 years ago

August 5, 2017

युभेन्टस र टोटेनहम भिड्दै

139 views

0 Bookmark

लण्डन (एजेन्सी) – अर्को साताबाट हुने सुरु हुने इङ्गलिस प्रिमियर लिगको तयारीको अन्तिम चरणमा रहेको टोटेनहम हट्सपरले नयाँ घरेलु मैदान वेम्बली रंगशालामा इटालीको च्याम्पियन युभेन्टससँग खेल्दैछ। शनिबार हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले आफ्नो पहिलो रोजाईको टोली उतार्ने तयारी गरिरहेका छन्।

विगतका सिजनमा वेम्बली रंगशालामा राम्रो नतिजा ल्याउन नसकेको टोटेनहमले यस सिजन आफ्नो सम्पूर्ण घरेलु मैदानमा खेल्नुपर्ने खेलहरु यहि खेल्नुपर्ने छ। स्पर्सको आफ्नो घरेलु मैदान निर्माणाधिन रहेकाले अर्को सिजनसम्म सम्पूर्ण खेल यहाँ हुनेछ। गत सिजन पनि च्याम्पियन्स लिगका खेलहरु यसै मैदानमा खेलिएको थियो।

टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले युभेन्टस विरुद्धको खेलमा आफ्नो बलियो टोली उतार्नेछन्। यसअघी प्रि सिजनमा सहभागी नभएका केहि खेलाडी पनि टोलीमा फर्किसकेका छन्। टोटेनहमले यस सिजन कुनै नयाँ खेलाडी भित्र्याएको छैन। यद्दपी प्रशिक्षक पोचेटिनोले भने क्लबले अन्त्यसम्म केहि खेलाडी भित्र्याउने तयारी गरिरहेको बताए।

टोटेनहमले आफ्नो प्रिसिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनलाई ४-२ले पराजित गरेको थियो। त्यसपछिको २ खेलमा पराजित भएको स्पर्सको टोली अन्तिम खेलमा जित दर्ता गर्ने सुरमा हुनेछ। टोटेनहमले रोमासँग ३-२ र चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग ३-०को हार व्यहोरेको हो।

यता युभेन्टस भने रोमासँग खेलिएको पछिल्लो खेलमा १-१को बराबरीमा रोकिएको थियो। यी दुई टोलीबिच पछिल्लो सिजनको मैत्रीपूर्ण खेलमा युभेन्टस २-०ले विजयी भएको थियो। युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्री यसपटक पनि सोहि नतिजा दोहोर्याउने प्रयासमा हुनेछन्।

युभेन्टसले अर्को साता हुने इटालियन सुपर कपमा लाजियोको सामना गर्दैछ। त्यसको तयारीका लागि युभेन्टसले सामी खेडीरा र डगलास कोष्टालाई पनि पहिलो रोजाईमा राख्ने सम्भावना छ। फरवार्ड लाइनमा प्रशिक्षक एलेग्रीले पाउलो डिबाला र गोन्जालो हिगुएनलाई उतार्नेछन्।

खेल नेपाली समयानुसार शनिबार राती १०:१५ बजे हुनेछ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.