8 years ago
August 5, 2017
बार्सिलोना (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले २५ मिलियन युरो बोनस नलिई बार्सिलोना छाडेको खुलासा भएको छ। नेयमारको सम्झौतामा उल्लेख भए बमोजिम सम्पूर्ण सर्त पुरा नभएकाले उक्त रकममा सहमति नमिलेको हो।
सन् २०१३मा बार्सिलोना आइपुगेका नेयमारले बार्सिलोनामा ४ वर्ष बिताएको खण्डमा उनका पिता नयमार सिनियरको कम्पनीले २५ मिलियन युरो पाउने प्रावधान रहेको थियो। तर, सम्झौतामा उल्लेख भए अनुसार तीन सर्त नेयमार पक्षले पुरा गर्न नसकेपछि उक्त बोनसको माया मारेर उनी पिएसजी प्रस्थान गरेका हुन्।
बार्सिलोनाका प्रवक्ता जोसेप विभेसले स्पेनिस पत्रिका मार्कालाई क्लबले नेयमारलाई उक्त बोनस नतिरेको प्रष्ट पारे। ‘नेयमारले बोनस प्राप्त गर्न पालना गर्नुपर्ने तीन सर्त पुरा गर्न सकेन्न। त्यसैले हामीले उनलाई कुनै किसिमको बोनस रकम उपलब्ध गराएनौं।’
विभेसका अनुसार नेयमारले निम्नानुसारका ३ सर्त पुरा गरेका थिएनन्। नेयमारले बोनस तिर्ने समय हुनुभन्दा एक महिना अगाडि क्लब छाड्न नपाउने, सम्झौता अनुसारको समयावधि क्लबमा बिताउनु पर्ने र सेप्टेम्बर महिनामा (ट्रान्सफर सकिएपछि) मात्र बोनस तिरिने सर्तहरु रहेका थिए।
नेयमारले उनले आफु र आफ्नो परिवारको खुशीको लागि बार्सिलोना जाने निर्णय लिएको बताए। ‘मलाई पैसाको लागि बार्सिलोना छाडेको भन्ने मान्छेहरुले मेरो व्यक्तिगत जीवनबारे केहि थाहा छैन। म कहिलेपनि पैसाको पछि लागेको छैन।’
‘म मात्र मेरो खुशीबारे चिन्तित छु र आफुसँगै आफ्नो परिवारको बारे सोचेको छु। म आफ्नो हृदयले भनेको कुरा सुनेर यहाँ आएको हुँ। यदि पैसाको पछि लागेको भए म कुनै अर्को देशमा अर्को लिगमा खेलिरहेको हुन्थें।’
‘मलाई दुख लाग्छ कि मान्छेहरुले यसरि सोच्छन्। म पिएसजीलाई निकै धन्यवाद दिन चाहन्छु किनकि क्लबले म माथि विश्वास राखेको छ। म क्लबले राखेको विश्वासलाई नतिजा दिएर तिर्न चाहन्छु।’
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]