default_image

8 years ago

August 5, 2017

पेरिसमा नेयमारको स्वागत फिल्मी शैलीमा

184 views

0 Bookmark

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भव्य स्वागत भएको छ। पहिलो खेलमा खेल्न नपाउने भएपछि क्लबले नेयमारलाई खेल सुरु हुनुअघी समर्थकमाझ प्रस्तुत गरेको थियो।

पिएसजीका अध्यक्ष नासेर अल खलिफीसँग मन्चमा देखिएका नेयमारले समर्थकहरु सामु बोल्दै एकदम खुशी लागेको बताए। ‘म निकै खुशी छु। यहाँ आएर खेल्नु मेरो एक सपना थियो। म यस नयाँ चुनौतीको सामना गर्न तयार छु र समर्थकहरु बाट पूर्णरुपमा साथ चाहन्छु। पेरिस जादु हो।’

नेयमारले मैदानको बिचमा बल-स्किल देखाईरहँदा दर्शकदिर्घामा रहेका समर्थकहरुले निरन्तर उनको नाम लिएका थिए। त्यसपछि उनले मैदानको चक्कर काट्दै आफ्नो हस्ताक्षर अंकित बलहरु बाँडेका थिए। अन्त्यमा उनले क्लबका अल्ट्रा समर्थक टोली रहने औटेइल कर्भ क्षेत्रमा आफ्नो जर्सी उतारेर त्यसतर्फ फ्याँकेका थिए।

नेयमारले अर्को साता हुने अवे खेलमा पिएसजीको लागि डेब्यु गर्ने सम्भावना रहेको छ। त्यसपछिको साता भने नेयमारले घरेलु मैदानमा खेल्नेछन्। नेयमारलाई स्वागत गरेका केहि तस्बिरहरु:

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.