8 years ago
August 6, 2017
लण्डन (एजेन्सी) – प्रि-सिजनको अन्तिम तयारी अन्तर्गत वेम्बली रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा इङ्गलिस् टोली टोटेनहम हट्स्परले इटालियन च्याम्पियन युभेन्टसलाई २-०ले पराजित गरेको छ।
टोटेनहमका लागि फरवार्ड ह्यारी केनले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको ११औं मिनेटमा किरन ट्रीपिएरको क्रसमा केनले उत्कृष्ट हेडीङ गरेका थिए। टोटेनहमका लागि दोश्रो हाफको सुरुवातमै क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दोब्बर पारे। ५२औं मिनेटमा डेले अलीले डिफेन्सलाई छक्याउँदै उत्कृष्ट पास निकालेपछि एरिक्सनले गोलरक्षक बुफोनलाई छलाएर खाली पोष्टमा गोल गरेका थिए।
विगतका सिजनमा वेम्बली रंगशालामा राम्रो नतिजा ल्याउन नसकेको टोटेनहमले यस सिजन आफ्नो सम्पूर्ण घरेलु मैदानमा खेल्नुपर्ने खेलहरु यहि खेल्नुपर्ने छ। स्पर्सको आफ्नो घरेलु मैदान निर्माणाधिन रहेकाले अर्को सिजनसम्म सम्पूर्ण खेल यहाँ हुनेछ। गत सिजन पनि च्याम्पियन्स लिगका खेलहरु यसै मैदानमा खेलिएको थियो।
अर्को साता न्युकासलविरुद्ध खेल्दै सिजनको सुरुवात गर्ने टोटेनहमले अहिलेसम्म यस ट्रान्सफर विन्डोमा कुनै नयाँ खेलाडी भित्र्याएको छैन। यद्दपी प्रशिक्षक पोचेटिनोले भने क्लबले अन्त्यसम्म केहि खेलाडी भित्र्याउने तयारी गरिरहेको बताए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]