8 years ago
August 6, 2017
लन्डन (एजेन्सी) – इङ्गलिस सिजनको सुरुवाती खेलका रुपमा चर्चित रहँदै आएको एफ.ए. कम्युनिटी सिल्डअ अन्तर्गत आइतबार हुने खेलमा लन्डनका दुइ चर्चित क्लब आर्सनल र चेल्सी भिड्दैछन्। चेल्सी लिग विजेताको नाताले छनोट भएको हो भने आर्सनलले गत सिजनको एफए कप जितेको थियो।
पछिल्लोपटक सन् २००९मा कम्युनिटी सिल्डको उपाधि जितेको चेल्सी यस वर्ष पाँचौपटक उक्त उपाधि हत्याउने सुरमा छ। यसका लागि प्रशिक्षक एन्टोनियो कन्टेले आफ्नो बलियो टोलीलाई मैदानमा उतार्ने सम्भावना प्रबल छ। चेल्सीको टोलीमा स्टार खेलाडी एडेन हजार्ड, स्पेनिस फरवार्ड पेड्रो र भर्खरै क्लबमा एक टिमोए बाकायोको चोटका कारण उपस्थित रहने छैनन्। यद्दपी प्रशिक्षक कन्टेले फरवार्ड अल्भारो मोराटा र मिसी बासुआइ दुवैलाई खेलाउने सम्भावना पनि बढेको छ।
यता आर्सनलका लागि एलेक्सिस स्यान्चेज प्रशिक्षणमा फर्किएसँगै टोलीमा थप मनोबल बढेको छ। प्रिसिजनका खेलहरुमा सहभागी नभएका स्यान्चेजले पहिलो रोजाईमा पर्ने सम्भावना भने निकै कम छ। डिफेन्डर ग्याब्रिएल र मिडफिल्डर फ्रान्सिस कोकेलिन भने चोटका कारण केहि समयका लागि मैदानबाहिर रहनेछन्। नयाँ खेलाडी सिआड कोलासिनाच र एलेक्जेन्डर लाकाजेटले टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
दुइ टोलीबीच भएको प्रिसिजनको खेलमा चेल्सी ३-०ले विजयी रहेको थियो। चीनमा खेलिएको उक्त खेलमा मिसी बासुआइले २ गोल गरेका थिए। प्रिसिजनमा राम्रो प्रदर्शन गरेकोमा उक्त फर्मलाई मैदानमा उतार्न दुवै टोली आतुर हुनेछन्।
खेल नेपाली समयानुसार साँझ ६:१५ बजे हुनेछ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]