8 years ago
August 6, 2017
टुरिन (एजेन्सी) – नेयमारको प्रस्थानसँगै बार्सिलोनामा रिक्त रहेको फरवार्डको भूमिकामा पदपूर्ति गर्ने आशा गरिएका युभेन्टसका पाउलो डिबालालाई क्लबले आफ्नो भविष्यबारे सोच्न भनेको छ। बार्सिलोनाले डिबालालाई भित्र्याउन ठुलो रकमको प्रस्ताव गर्ने तयारी गरिरहँदा युभेन्टसले यस्तो निर्णय लिएको हो।
युभेन्टसले आफैंले उनलाई बेच्न नचाहेपनि खेलाडीको निर्णयलाई नै अन्तिम निर्णय मान्ने बुझिएको छ। यसअघि पल पोग्बाको ट्रान्सफरमा पनि क्लबले खेलाडीको निर्णयलाई मानेरै विश्व कीर्तिमानी रकममा ट्रान्सफर भएको थियो। यसपटक भने डिबालाको ट्रान्सफरमा अझै ठुलो प्रस्ताव आउने सम्भावना रहेको छ। बार्सिलोनाले पिएसजीबाट नेयमारको ट्रान्सफरमा २ सय २२ मिलियन युरो पाएसँगै युभेन्टसले पनि १ सय मिलियन माथिको माग राख्ने बुझिएको छ।
तर, युभेन्टसले बार्सिलोनाबाट मिडफिल्डर आन्द्रे गोमेस र राफिन्हालाई प्रस्तावमा संलग्न गरिने सम्भावना पनि रहेको बुझिएको छ। युभेन्टसले उक्त खेलाडीहरुमाथि आफ्नो इच्छा देखाएको र बार्सिलोनाको रोजाईमा पनि पर्न नसकेको हुनाले ट्रान्सफरको सम्भावना प्रवल रहेको छ। प्रि सिजनमा युभेन्टसका लागि राम्रो प्रदर्शन गरेका डिबालाले क्लब छाड्ने वा बस्ने विषयमा निर्णय भने लिएका छैनन्।
डिबालासँगै बार्सिलोनाले डर्टमुण्डको ओस्मान डेम्बेले र लिभरपुलका फिलिपे कौटिन्होमाथि पनि नजर लगाइरहेको छ। सिजनको सुरुवातअघि नै ट्रान्सफरको सम्पूर्ण कार्यक्रम पुरा गर्ने लक्ष्य लिएपनि अन्य क्लबले आफ्ना खेलाडीलाई सजिलै छाड्न मान्ने छैनन्। लिभरपुलले निरन्तर कौटिन्होलाई नबेच्ने बताउंदै आएपनि बार्सिलोनाले भने मोटो रकम तिरेरै भएपनि उनलाई भित्र्याउने योजना बनाएको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]