default_image

8 years ago

August 6, 2017

नेपालमा फ्यान्टसी फुटबलको बढ्दो लोकप्रियता

186 views

0 Bookmark

विविध सुवेदी

काठमाडौं– फुटबल मैदानभित्रको खेल मात्र नभएर मैदान बाहिर हुने विभिन्न गतिविधिले गर्दा पनि लोकप्रिय छ। फुटबलप्रेमी समर्थकहरु फुटबलसँग सम्बन्धित लगभग सबै कुरामा निकै चासो दिइरहेका हुन्छन्। चाहे त्यो फुटबलका समान होस् या कम्प्युटर वा मोबाइलमा खेलिने खेल किन नहोस, समर्थकहरुको त्यसमा पनि छुट्टै लगाव रहने गर्दछ। विगत २ दशकयता विश्वभरी खेलिन थालिएका फिफा र पेसजस्ता कम्प्युटर खेलहरुबाट नेपाली फुटबल प्रेमीहरु पनि अछुतो छैनन्। तर, ती खेलहरुभन्दा पृथक र खेलमैदानमा हुने घटनामा आधारित रहेर खेलिने ‘फ्यान्टसी फुटबल’ले केही वर्षदेखि नेपाली फुटबलप्रेमीहरुमाझ निकै लोकप्रियता बनाईरहेको छ।

सन् १९६२मा अमेरिकामा बिल विन्किन्ब्याक र सन् १९७१मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यत: मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा आ-आफ्नो देशमा भित्र्याए। त्यसको ५५ वर्षपछि बितिसक्दा, अहिले भने यो खेलले विश्वभरी नै ठूलो बजार ओगट्दै छ। शब्दकोशमा फ्यान्टसीको अर्थ कल्पना भनेर पढिन्छ। र, यस खेलमा पनि वास्तविक खेलाडीहरुलाई आफ्नो काल्पनिक टोलीमा राखिन्छ र ती खेलाडीहरुको वास्तविक प्रदर्शनमै आफ्नो काल्पनिक टोलीको अंक प्रदान गर्ने गरिन्छ।

फ्यान्टसी खेलहरुमध्ये सबैभन्दा लोकप्रिय भने इङ्लिस प्रिमियर लिग (इपिएल)मा आधारित खेल “फ्यान्टसी प्रिमियर लिग” (एफपिएल) हो। विश्व फुटबल जगतमा प्रिमियर लिगको ठूलो समर्थन र लोकप्रियताको कारण नेपाललगायत विश्वभर एफपिएलको रौनक छाइरहेको बुझ्न सकिन्छ। २००२/०३को सिजनदेखि सुरु भएको यो खेल गत साल मात्र विश्वभरका ४० लाखभन्दा बढी तथा नेपालका ३५ हजारभन्दा बढी मानिसहरुले खेलेका थिए।

हुन त विश्वकप, युरो कप र च्याम्पियन्स लिगका पनि आ-आफ्नै फ्यान्टसी खेल हुने गर्छन्। तर, ती फ्यान्टसी खेलले एफपिएलजस्तो प्रभाव भने जमाउन सकेको पाइँदैन। प्रयोगकर्ता एफपिएलको साधारण बनोट र सहज नियमलाई यसको कारण मान्छन् ।

इङ्लिस प्रिमियर लिग वर्षको करिब ९ महिना खेलिन्छ। प्रिमियर लिगमै अाधारित हुने भएकाले फ्यान्टसी प्रिमियर लिगको अवधि पनि ९ महिनानै हुने गर्दछ। तर, एफपिएलमा बढी नै रुचि राख्नेहरुले भने रणनीति बनाउँदै र प्रि सिजनका मैत्रीपूर्ण खेलहरुमा समेत खेलाडीहरुको प्रदर्शनमा नजर राख्दै वर्षभरि नै आफ्नो समय प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यस खेललाई दिन्छन्।

फ्यान्टसी फुटबलकै विषयमा छलफलका लागि फेसबुकमा विभिन्न ग्रुपहरु पनि खोलिएका छन् जसमा ७ हजारसम्म मानिसहरुको उपस्थिति रहेको छ। फ्यान्टसी प्रिमियर लिग सुरु हुनुभन्दा १ महिना अघिदेखि नै मानिसहरुले आफ्ना टोलीको तस्बिर राख्दै सल्लाह साटासाट गर्दै त्यस्ता समूहरुमा चहलपहल रहने गरेको छ।

एफपिएल खेल्ने करिब ४० लाख खेलाडीहरुमध्ये शीर्ष १००० मा रहनुनै ठूलो उपलब्धि मानिन्छ। हरेक वर्ष नेपालको प्रतिनिधित्व गर्दै औसत ४ देखि ५ जना खेलाडीहरुले आफ्नो स्थान शीर्ष १००० मा बनाइरहेका हुन्छन्।

गत साल भने नेपालका लागि एफपिएलमा अहिलेसम्मको सबैभन्दा सुनौलो वर्ष रह्यो। नक-अाउट फर्म्याटमा खेलिने एफपिएल कपमा संसारका ४५ लाख खेलाडीहरुलाई उछिन्दै नेपालका विवेक थापा विजयी रहे। यसैगरी, एफपिएल क्लासिक विधातर्फ परिवेश चिलुवालले आफूलाई संसारको २०औँ स्थानमा उभ्याउन सफल भएका थिए। प्रवेशको यो उपलब्धि सो विधातर्फ कुनै पनि नेपाली खेलाडीका लागि अहिलेसम्मकै उच्च उपलब्धि हो।

हाम्रो खेलकुद डटकमसँगको कुराकानीमा परिवेशले आफूले लिएका जोखिमबाट राम्रो परिणाम आउनु भन्दाको आनन्द अरु केही नरहेको बताए। “गत साल मेरो राणनीति सरल थियो। खेलाडीहरुको मुल्यको सक्दो सदुपयोग गर्ने र खेलाडीहरु घाइते हुन सक्ने भएकाले आफूसँग राम्रो ब्याक-अप राख्ने ।” परिवेशले तथ्याङ्कमा मात्र आधारित नरही आँफैले खेल हेरेर निर्णय लिनु र धैर्य रहनु निकै महत्वपूर्ण रहेको बताए । आउने सिजनमा आफ्नो इन्सटिङ्टमा विश्वास गर्ने र धैर्य रहने आफ्ना मुख्य रणनीति रहको परिवेशले बताए।

इङ्लिस प्रिमियर लिग सँगसँगै फ्यान्टसी प्रिमियर लिगको सुरुवात यस वर्ष अगस्ट ११ देखि हुँदैछ। यद्दपी सिजनको लागि दर्ता प्रक्रिया खुलेको भने केहि साता बितिसकेको छ। तपाईं पनि यहाँ गएर यस खेलमा सहभागी हुन सक्नुहुनेछ।

हाम्रो खेलकुद डट कमले आफ्नो समर्थकहरुको लागि छुट्टै लिगको (लिग कोड – 11596-508860) व्यवस्था पनि गरेको छ। सिजनको अन्त्यसम्म यस लिगको शीर्ष ३ स्थानमा रहने खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ। तपाईं पनि यस कोड प्रयोग गरेर लिगमा सहभागी हुन सक्नुहुनेछ। 11596-508860

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.