8 years ago
August 7, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्होलाई यसै साता क्लबमा भित्र्याउने भएको छ। विश्व कीर्तिमानी रकममा अर्का ब्राजिलियन नेयमार पेरिस सेन्ड जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले कौटिन्होलाई विकल्पको रुपमा हेर्दै आएको छ।
नेयमारको ट्रान्सफरबाट २ सय २२ मिलियन युरो प्राप्त गरेको बार्सिलोनाले कौटिन्होलाई क्लबमा ल्याउन १ सय मिलियन युरो भन्दा माथि खरिचन लागेको बुझिएको छ। ब्राजिलको भरपर्दो मिडिया स्पोर्ट इन्टरटिभोले जनाए अनुसार यसै साता कौटिन्हो क्याटलान क्लब पुग्नेछन्। लिभरपुलले लामो समयदेखि उनलाई नबेच्ने बताएपनि खेलाडी आफैंले इच्छा देखाएपछि क्लबले मोटो रकमको सहमति गरेको हो।
यसअघि बार्सिलोनाको दुई वटा औपचारिक प्रस्तावलाई नकारेको लिभरपुलले नेयमारको ट्रान्सफरपछि आएको ठुलो प्रस्तावलाई भने स्विकारीसकेको बुझिएको छ। कौटिन्हो लिभरपुलले पछिल्लोपटक खेलेको मैत्रीपूर्ण खेलमा उपस्थित रहेका थिएनन्। बिल्बाओसँग भएको खेलमा कौटिन्हो आवश्यक प्रक्रिया पुरा गर्नका लागि क्याटलान क्लबसँग निरन्तर सम्पर्कमा रहेका छन्।
कौटिन्होको आगमनसँगै बार्सिलोनाले नेयमारको स्थानमा खेलाडी पाउनेछ। यससँगै मिडफिल्डमा पनि खेल्न सक्ने क्षमता भएका कौटिन्होले बार्सिलोनाको टोलीमा थप स्थिरता प्रदान गर्नेछन्।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]