default_image

8 years ago

August 7, 2017

रियलले नेयमारको प्रस्ताव नकारेको खुलासा

116 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्रजिलियन फरवार्ड नेयमारले गत सिजन रियल म्याड्रिड आउने चाहना देखाएको खुलासा भएको छ। नेयमारका एजेन्ट वाग्नर रिबिएरोले पछिल्लो सिजन रियललाई नेयमार भित्र्याउने प्रस्ताव राखेेका थिए।

तर, रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबसँग आर्थिक रुपमा उक्त प्रस्तावको लागि पैसा हुँदाहुँदै पनि नेयमारलाई नल्याउने बताएका थिए। बार्सिलोना जानुअघि नेयमारले क्लबलाई धोका दिएको कारण रियलले नेयमारलाई क्लबमा नल्याएको बुझिएको छ।

अध्यक्ष पेरेजले गत जुनमा भएको एक अन्तर्वार्तामा नेयमारले सन् २०१३मा म्याड्रिडमा मेडिकल गरेर मौखिक सहमतिसम्म भइसकेपछि अन्त्यमा बार्सिलोना गएको बताए। ‘हामीले उनलाई सान्टोसमा रहँदै गर्दा म्याड्रिड बोलाएर मेडिकल गरायौं। दुवै तर्फबाट मौखिक सहमति पनि भएको थियो। तर, पछि उनले बार्सिलोनासँग पनि सम्पर्क गरेर यसै गरेपछि हामीले उनलाई फेरि ल्याउने प्रयास गरेनौं।’

पिएसजीसँग ५ वर्षका लागि अनुबन्धन भएका नेयमारले भविष्यमा रियल आउने सम्भावना पनि शंका उठेको छ। नेयमारले सानो उमेरमै आफु रियलको समर्थक रहेको बताउँदै आएका थिए।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.