default_image

8 years ago

August 7, 2017

स्नाइडर र बालोटेली एउटै क्लबबाट खेल्ने

111 views

0 Bookmark

फ्रान्स (एजेन्सी) – रियल म्याड्रिडका पूर्व खेलाडी एवं फिफा विश्वकप २०१०का फाइनलिस्ट डच खेलाडी वेस्ली स्नाइडरले फ्रेन्च लिगको क्लब ओजिसी निसबाट खेल्ने भएका छन्। गालाटासरेबाट गत महिना रिलिज भएका स्नाइडरले फ्रान्सेली क्लबसँग १ वर्षे सम्झौता गरेका हुन्।

टर्कीमा ४ सिजन खेलेका स्नाइडरले त्यहाँ रहेर २ पटक घरेलु लिगको उपाधि पनि जितेका थिए। राष्ट्रिय टोलीका लागि १ सय ३१ खेल खेलेर ३१ गोल गरिसकेका स्नाइडर हालपनि राष्ट्रिय टोलीका सदस्य रहेका छन्। व्यवसायिक खेल जीवन आयक्सबाट सुरु गरेका उनले रियल म्याड्रिडमा २ सिजन बिताएका थिए। त्यसपछि इन्टरमा ४ वर्ष रहेका वेस्ली गालाटासरे पुगेका थिए।

उनले निसमा रहेर इन्टर मिलानमा सँगै खेलेका इटालियन फरवार्ड मारियो बालोटेलीसँग खेल्नेछन्। निसले लिगको पहिलो खेलमा सेन्ट-एटिएनसँग १-०को हार व्येहोरेको थियो। गत सिजन निसले लिग वनमा तेश्रो स्थानमा चित्त बुझाएको थियो। क्लबले च्याम्पियन्स लिगको छनोटमा नेपोलीको सामना गर्दैछ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.