default_image

8 years ago

August 7, 2017

युनाइटेड सुपर कप खेल्न म्यासेडोनियातर्फ

103 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– इङ्गलिस प्रिमियर लिग सिजन अर्को साता सुरु हुँदैछ। तर, प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडका लागि भने मंगलबारबाटै सिजनको सुरुवात हुँदैछ। युनाइटेडले म्यासेडोनियामा मंगलबार हुने युइएफए सुपर कपमा रियल म्याड्रिडको सामना गर्दैछ ।

जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। हरेक बर्ष जस्तै युरोपा लिग र च्याम्पियन्स लिग विजेताबीच सुपर कप हुने गर्दछ। यी दुई टोलीले ३३ हजार ४ सय ६० जना दर्शक क्षमताको फिलिप एरिनामा एक-अर्कोको सामना गर्नेछन्।

युनाइटेडका नयाँ खेलाडी नेमान्जा म्यटिचले बुधबार साम्पडोरियासँग २–१ को जितमा प्रभावशाली प्रदर्शन गरेकाले उनले रियलविरुद्ध खेल्ने सम्भावना छ। अर्कोतिर यो सिजन क्लबमा आबद्ध भएका भिक्टर लिन्डेलोफ र रोमेलु लुकाकुले पनि प्रतिस्पर्धात्मक खेलमा ‘डेब्यू’ गर्ने सम्भावना छ।

युनाइटेडका रक्षकद्वय एरिक बेली र फिल जोन्स प्रतिबन्धमा छन्। बेलीले सोमबार म्यासेडोनिया उड्नुअघि एन्टोनियो भ्यालेन्सिया, पाउल पोग्बा र एन्थोनी मार्सियलसँगको खिचिएको हवाइजहाज भित्रको सेल्फि इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका थिए,‘म्यासेडोनिया हामी आउँदैछौं ।’

युनाइटेडका प्रशिक्षक माउरिन्होले आफ्नो क्लबको प्रि-सिजन उत्कृष्ट रहेको बताएका छन्। ‘सबैले खेले। हामीले धेरै परिक्षण गर्यौं। यद्दपी नतिजाको हामीले धेरै मतलब गरेनौं,’ उनले भने,‘हामीले टोलीमा आउने आमुल परिवर्तनका विषयमा परिक्षण गरेका हौं। केही चोटले समस्या पारेको छ, तर त्यस्तो चिन्ताजनक छैन। अब हाम्रो ध्यान सुपर कप र प्रिमियर लिगको पहिलो खेलमा लक्षित छ।’

केही साताअघि युनाइटेड र रियलबीच अमेरिकामा मैत्रीपूर्ण खेल भएको थियो। जहाँ युनाइटेड पेनाल्टी सुटआउटमा २-१ले विजयी भएको थियो।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.