default_image

8 years ago

August 7, 2017

बार्सिलोनाले चापेकोएन्सीसँग खेल्दै

130 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले यस पटकको जोआन ग्याम्पर ट्रफी अन्तर्गतको खेलमा ब्राजिलियन टोली चापेकोएन्सीको सामना गर्दैछ। गत नोभेम्बरमा कोलोम्बियामा भएको विमान दुर्घटनामा परेर ७१ जनाको निधन हुँदा त्यस प्लेनमा अधिकांश मान्छे क्लबसँग सम्बन्धित रहेका थिए। बार्सिलोनाले उक्त दुर्घटनामा परेका खेलाडीको सम्मानमा चापेकोएन्सीलाई यस खेलमा सहभागिता जनाउन आग्रह गरेको थियो।

जोआन ग्याम्पर ट्रफीको सुरुवात सन् १९६६मा भएको थियो। क्लबका संस्थापक सदस्य, खेलाडी एवं अध्यक्ष सम्म रहेका जोआन ग्याम्परको नाममा यस खेलको आयोजना हुँदै आएको छ। प्रत्यक सिजन बार्सिलोनाको सिजनको पहिलो खेल अगाडी यो खेल हुने गर्दछ। यस खेलको ५२औं संस्करणमा आइपुग्दा चापेले पहिलोपटक यो अवसर पाएको हो। पछिल्लो सिजन बार्सिलोनाले इटालियन क्लब साम्पडोरियालाई ३-२ले पराजित गर्दै उपाधि जितेको थियो। अहिलेसम्म बार्सिलोनाले ३९ पटक उपाधि जितेको छ।

बार्सिलोनाले गत डिसेम्बरमा क्लबलाई यस खेलमा सहभागी हुन् आग्रह गरेपछि ब्राजिलियन क्लबले उक्त प्रस्ताव स्वीकारेको थियो। चापेकोएन्सी यस खेलमा सहभागी हुने छैटौं ब्राजिलियन टोली हो। यसअघि सहभागी मध्ये ब्राजिलियन टोली इन्टरनासिओनालले मात्र उपाधि जित्न सकेको छ।

चापेकोएन्सीबाट उक्त प्लेन दुर्घटनामा परेर ज्यान बचाउन सफल रहेका ३ मध्य एलेन रुसलले खेलमा सहभागिता जनाउने पक्का गरेको छ। अर्का खेलाडी नेटोले फुटबलमा पुनरागमन गर्ने सम्भावना रहेको र गोलरक्षक फोल्म्यानको भने खुट्टा काट्नु परेको थियो। २७ वर्षीय रुसलले भने बार्सिलोनाविरुद्धको खेलमा औपचारिक पुनरागमन गर्नेछन्।

खेल नेपाली समयानुसार मध्यरातको १२:१५ बजे सुरु हुनेछ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.