8 years ago
August 7, 2017
म्यासेडोनिया (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले रियल म्याड्रिडका गेराथ बेलका लागि फेरी क्लबको ढोका खोल्ने संकेत गरेका छन् । आफ्नो क्लबविरुद्ध मंगलबार हुने युइएफए सुपर कप फाइनलमा बेल खेल्छन् खेल्दैनन् त्यहि चासोको विषय रहेको माउरिन्होले बताएका छन् ।
रियल पनि बेललाई क्लबमै राख्न चाहन्छन् भन्ने माउरिन्होको विश्वास छ । त्यसका वावजुद बेल आफ्नो चासोमा रहेको उनले बताएका छन् । ‘यदि उनी भोली खेले भने म उनलाई लिने विषयमा सोच्न छाड्ने छु’ रियलसँगको खेलका लागि म्यासेडोनिया पुगेपछि माउरिन्होले भने, ‘यदि उनी भोली खेल्छन् भने उनी क्लबको योजनामा छन् । त्यसमा उनको निरन्तरताको सम्भावना रहन्छ ।’
बेल खेलेनन् भने सुरुवाको सम्भावना रहने माउरिन्होले अनुमान गरे । ‘मलाई सुरुवाको सम्भावना छैन भन्ने लाग्छ । तर क्लबको योजनामा उनी रहेनन् भने तपाईले लेखेको कुरा सहि हुनेछ ’ माउरिन्होले थपे, ‘त्यसपछि भने हामी उनलाई कुर्ने छौं र अन्य प्रशिक्षकसँग उनलाई भित्राउन प्रतिस्पर्धा गर्नेछौं ।’ बेलले मंगलबार सुपर कप खेले भने रियलले नयाँ सिजनका लागि उनलाई गणनामा राखेको माउरिन्होले अर्थ लगाए ।
अर्को प्रसंगमा माउरिन्होले टिमोथी फोसु मेसा लोनमा क्रिस्टल प्यालेस जान लागेको प्रष्ट पारेका छन् । पोर्चुगिज प्रशिक्षकले टोलीका फिल जोन्सलाई दुई खेलको प्रतिबन्ध लगाएकोमा युइएफको आलोचना गरेका छन् । लागु औषध परिक्षणका क्रममा सहयोगी नबनेको भन्दै जोन्समाथि कारवाही गरिएको थियो ।
माउरिन्होले भने ‘मलाई भोलीको लागि एउटा मात्र आशा छ । यदि कुनै खेलाडीले पदक जित्ने क्रममा टोलीका अन्य साथीसँग खुसी साट्न चाहेमा डोपिङ कमिटीका कसैले उनलाई एउटा कोठामा लगेर बन्द गर्ने छैनन् । ’
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]