default_image

8 years ago

August 8, 2017

बार्सिलोनाको सहज जित

132 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन टोली चापेकोएन्सीलाई ५-०ले पराजित गरेको छ। जोआन ग्याम्पर ट्रफी अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले खेलको सुरुवातबाटै पकड जमाएको थियो।

जेरार्ड डेउलेफेउले खेलको छैटौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। उनले इभान राकीटिचले बक्सभित्र उत्कृष्ट मुभ बनाएपछि खाली पोष्टमा गोल गरेका थिए। त्यसको ५ मिनेट नबित्दै बार्सिलोनाले अग्रता दोब्बर पर्यो। सर्जियो बुस्केट्सले करिब २५ यार्ड टाढाबाट प्रहर गरेको सट टप कर्नरमा छिरेपछि बार्सिलोना २-०ले अगाडी बढ्यो। लिओनेल मेस्सीले खेलको २८औं मिनेटमा बार्सिलोनालाई ३-०ले अगाडी बढाए।

बार्सिलोनाले दोश्रो हाफमा २ गोल थप्यो। लुइस सुआरेजले ५५औं मिनेटमा गोल गरे भने वैकल्पिक खेलाडी डेनिस सुआरेजले ७४औं मिनेटमा टोलीको अन्तिम गोल गरे। प्रतियोगिताको ५२औं संस्करण जित्दै बार्सिलोनाले ४०औं पटक उपाधि घरेलु मैदानमै राख्न सफल रह्यो।

गत नोभेम्बरमा कोलोम्बियामा भएको विमान दुर्घटनामा परेर ७१ जनाको निधन हुँदा त्यस प्लेनमा अधिकांश मान्छे चापेकोएन्सी क्लबसँग सम्बन्धित रहेका थिए। बार्सिलोनाले उक्त दुर्घटनामा परेका खेलाडीको सम्मानमा चापेकोएन्सीलाई यस खेलमा सहभागिता जनाउन आग्रह गरेको थियो।

बार्सिलोनाले गत डिसेम्बरमा क्लबलाई यस खेलमा सहभागी हुन् आग्रह गरेपछि ब्राजिलियन क्लबले उक्त प्रस्ताव स्वीकारेको थियो। चापेकोएन्सी यस खेलमा सहभागी हुने छैटौं ब्राजिलियन टोली हो। यसअघि सहभागी मध्ये ब्राजिलियन टोली इन्टरनासिओनालले मात्र उपाधि जित्न सकेको छ।

खेलअघि उक्त प्लेन दुर्घटनामा परेका फोल्म्यान, नेटो र रुसेल (दायाँबाट)

चापेकोएन्सीबाट उक्त प्लेन दुर्घटनामा परेर ज्यान बचाउन सफल रहेका ३ मध्य एलेन रुसलले खेलमा सहभागिता जनाए। टोलीको कप्तानी गरेका उनले ३६ मिनेट मैदानमा बिताएका थिए। अर्का खेलाडी नेटोले र गोलरक्षक फोल्म्यानले भने खेलको सुरुवातमा खेलको औपचारिक किक-अफ गरेका थिए। अहिले उपचार गर्दै गरेका नेटो मैदानमा फर्कने सम्भावना रहेको छ भने गोलरक्षक फोलम्यानको खुट्टा काटिएको छ।

 

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.