default_image

8 years ago

August 8, 2017

अनिलले ५०औं क्यापको कोसेढुंगासँगै सन्न्यास लिने

108 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ – फुटबलमात्र होइन कुनै पनि खेलका अधिकांश खेलाडीको राष्ट्रिय टोलीबाट खेल्ने चाहना हुन्छ । पोखराका अनिल गुरुङको पनि त्यो चाहना थियो । दशकअघि उनले राष्ट्रिय टोलीबाट खेल्ने चाहना पुरा पनि गरे । अहिले फर्केर हेर्दा कथा जस्तै लाग्ने कोसेढुंगा नजिक पुगेका छन् । राष्ट्रिय टोलीबाट अब एउटा खेल खेल्न पाए भने त्यो उनको ५० क्याप हुनेछ । नेपाली फुटबल थोरैमात्र खेलाडीले त्यस्तो कोसेढुंगा पार गरेका छन् । ती मध्ये राष्ट्रिय टोलीका पूर्व कप्तानहरु राजुकाजी शाक्य, राकेश श्रेष्ठ, सागर थापा, अहिले टोलीका उपकप्तान विराज महर्जन छन् ।

फिफा विश्वकप २०१० को छनोटका लागि सन् २००७ मा नेपालले ओमानसँग खेल्दा अनिलले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । डेब्यूको एक दशकमा उनी ५० औं क्यापको नजिक पुगेका छन् । यो दशक लामो यात्रामा उनको खेल जीवनले निकै आरोह अवरोह पार गरेको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने प्रतियोगिताकै कम भएकाले पनि ५० क्याप पुर्याउने आफैमा चुनौतीपूर्ण काम पनि हो । विद्यालय स्तरबाट सुरु भएको उनको फुटबल यात्रा यहाँसम्म आइपुग्नुलाई उनी सानो बेलाको देखेको सपना पुरा भएको मान्छन् । ताजिकिस्तानविरुद्ध हुने एसियन कप छनोट अन्तर्गतको खेलमा सहभागी भए उनको ५० क्याप पुरा हुनेछ।

राष्ट्रिय टोलीमा परिएला भन्ने आशंका राख्ने गरेका अनिल अहिले इतिहास रच्ने मोडमा आइपुगेका छन् । मेहनत र भाग्यले नै आफुलाई यहाँ सम्म ल्याउएको उनको बुझाई छ । ‘विद्यालय स्तरबाट सुरु भएको मेरो फुटबल करियर साहारा एकेडेमीबाट थप निखारियो । त्यहाँ रहेर मैले २ वर्ष खेले र त्यसपछि ‘ए’ डिभिजन खेल्न काठमाडौँ आएँ । ब्रिगेड ब्वाइजबाट खेलेपछि लगत्तै अर्को सिजन रुस्लान थ्री स्टार जाने मौका मिल्यो । त्यसपछिको सिजनमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी पुगे । फेरी अर्को सिजन एनआरटीबाट खेलें । तर दुर्भाग्य नेपालमा घरेलु फुटबल निरन्तर भएन ।’

ओमानसँग खेल्दै भएको उनको अन्तर्राष्ट्रिय यात्रा यहाँ सम्म आइपुग्ला भन्ने पनि उनको अनुमान नभएको बताउँछन् । ‘ डेब्यू गर्दा ५० क्याप पुग्दा भन्ने अनुमान थिएन । आफ्नो तर्फबाट सक्दो मिहेनत गर्दै गएँ र मलाई भाग्यले पनि साथ दियो ,’ उनले स्मरण गरे,‘ मलाई माया गर्ने दाइहरु र साथीहरुले निरन्तर हौसला बढाएपछि मलाई थप उर्जा मिल्यो । प्रशिक्षकको निर्देशन पालन गर्दै गएँ र यहाँसम्मको यात्रा तय गर्न सके ।’

फुटबल यात्रामा बेलायतमा गएर प्रशिक्षण गर्न पाउनुलाई अनिल खेल जीवनको ‘टर्निङ पोइन्ट’ मान्छन। ‘ सहारा युकेका दाइहरुको सहयोगमा मैले बेलायतमा गएर दुइ पटक प्रशिक्षण लिने मौका पाए । त्यसले पनि मेरो करियरलाई उचाई दिन मद्दत गर्यो । मैले त्यहाँ रहेर धेरै कुरा सिक्ने मौका पाएँ । त्यहाँको वातावरण छुट्टै किसिमको थियो र मैले त्यहाँ जानेको कुरा खेलाडी जीवनमा निकै राम्रो ढंगले अबलम्बन गर्न सकें ।’

बेलायतमै खेल्ने प्रक्रिया नमिलेपनि त्यहाँको अनुभवले भारतीय लिग (आइ लिग) मा सहज भएको उनी बताउँछन् । ‘मैले बेलायतमै रहेर खेल्न पनि प्रक्रिया चालेको थिएँ । तर सफल भएन । तैपनि मैले त्यहाँ जानेको स्कील आइ लिगमा खेल्न सकें । मलाई उताको प्रशिक्षणले भारतमा खेल्न निकै सहज भएको थियो ।’

राष्ट्रिय टोलीबाट ४९ खेल खेलिसकेका अनिल अब उत्तम समय आएपछि बिट मार्ने सोचमा छन्। ‘मैले राष्ट्रको लागि धेरै मिहेनत गरें। सबै खेलाडीको एउटा समय आएपछि छाडेर जानुपर्ने हुन्छ। मैले पनि अब लामो समय बसीरहन्छु जस्तो लागेको छैन। राष्ट्रको लागि ५० क्याप खेल्नबाट १ खेल टाढा छु। सायद सुखद बिदाइ भएको खण्डमा ताजिकिस्तानको खेल मेरो अन्तिम हुन्छ होला।’

उनी ५० खेल पुगेसँगै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास पनि लिने सोचमा पुगेका छन् । यसो भनिरहँदा उनले आङ सिरिङ भइरहेको अनुभव सुनाए । ‘राष्ट्रको लागि जीवनको महत्वपूर्ण समय सुम्पिएँ । त्यहि अनुसार मैले दर्शकहरुको माया र सन्तुष्टी पनि पाए । राष्ट्रिय टोलीबाट सन्न्यास लिन्छु भन्दापनि जिउ नै सिरिङ हुन्छ । उमेर समूहको राष्ट्रिय टोलीदेखि सिनियरसम्म आइपुग्दा कहिले फर्केर हुर्नुपरेन । ’

उनको कप्तानीमा नेपालले २०१६ मा पहिलोपटक एएफसीको औपचारिक प्रतियोगिता जितेको हो । अनिलले यस प्रतियोगिताको जितलाई मिहेनतको फल भन्छन । ‘हामीले एएफसी सोलिडारिटी कप जितेपछि मलाई थप उर्जा प्राप्त भयो । मिहेनत गरे नसकिने केहि रहेनछ भन्ने मैले बुझें । हाम्रो युवा र अनुभव मिश्रित टोलीले उपाधि जिताउँदा आफु पनि साथ थिएँ । इतिहासको साक्षी बन्न पाउँदा निकै खुसी लाग्यो । यसअघि प्रधानमन्त्री कप जिते पनि त्यो औपचारिक प्रतियोगिता थिएन । तर, एएफसीको औपचारिक प्रतियोगिता जित्दा एकदम खुसी लाग्यो ।’

२०१३ को साफ च्याम्पियनसिपले भने अनिललाई अझै पनि घच्घच्याइरहने उनले बताए। ‘नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्यो । हामी त्यो खेलमा एकदम अभागी सावित भयौं । अझैपनि त्यो दिन सम्झंदा थकथक लगेर आउंछ । मेरो करियरमा सबैभन्दा नराम्रो क्षण त्यहि नै हो । त्यो बेलामा हाम्रो टोली एकदम राम्रो थियो, तर खेल हारेपछि संसार हारेजस्तो भान भएको थियो ।’

राष्ट्रिय टोलीबाट विदा लिएपनि उनले घरेलु फुटबल भने तत्कान नछाड्ने बताए । ‘ राष्ट्रिय टोलीबाट छाडेपनि घरेलु फुटबलमा भने मनाङमै रहनेछु । मलाई अझै मैले धेरै दिन सक्छु जस्तो लाग्छ । हामीले क्लबमा अहिले धेरै उपाधि पनि जितिरहेका छौँ । राष्ट्रिय टोलीमा युवा खेलाडीहरु आएका छन् । मैले पनि अरुलाई ठाउँ छाड्नुपर्छ भनेर क्लबमा थप ध्यान केन्द्रित गर्ने सोच बनाएको छु ।’

Anil Gurung

तस्बिर – अर्को नेट्वर्क

उनि अहिले पनि निरन्तर फुटबल नहुनाले धेरै खेलाडी पलायन हुन बाध्य भएको बताएका छन् । ‘घरेलु फुटबलको अवस्था जिर्ण छ । लगातार खेल हुन नसक्दा खेलाडीको स्तर त घट्छ नै, यसमा लाग्ने विभिन्न क्षेत्रका मानिसहरु पनि निरुत्साहित हुन्छन् । अहिले हामीसँग रहेका युवा खेलाडीको हकमा पनि लागु हुन्छ ।’

राष्ट्रिय टोलीमै रहेका खेलाडीहरुको लागि पनि घरेलु फुटबल निकै महत्त्वपूर्ण रहेको उनको बुझाई छ । उनले थपे ‘अहिलेको टोलीमा युवा खेलाडी धेरै छन् । राष्ट्रिय टोलीको प्रशिक्षणले मात्र खेलाडीको विकास हुँदैन । त्यसका लागि घरेलु फुटबल चलायमान बनाउनु पर्दछ । आशा गरौँ चाडै लिगको सञ्चालन हुनेछ ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.