default_image

8 years ago

August 8, 2017

रियल र युनाइटेड सुपर कपमा भिड्दै

138 views

0 Bookmark

म्यासेडोनिया (एजेन्सी) – युएइफा सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग विजेता र युरोप लिगको विजेता बिचको खेल म्यासेडोनियामा मंगलबार खेलिंदैछ। स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्।

जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। यी दुई टोलीले ३३ हजार ४ सय ६० जना दर्शक क्षमताको फिलिप एरिनामा एक-अर्कोको सामना गर्नेछन्। युनाइटेडका नयाँ खेलाडी नेमान्जा म्यटिचले बुधबार साम्पडोरियासँग २–१ को जितमा प्रभावशाली प्रदर्शन गरेकाले उनले रियलविरुद्ध खेल्ने सम्भावना छ। अर्कोतिर यो सिजन क्लबमा आबद्ध भएका भिक्टर लिन्डेलोफ र रोमेलु लुकाकुले पनि प्रतिस्पर्धात्मक खेलमा ‘डेब्यू’ गर्ने सम्भावना छ।

प्रि सिजनको कुनै खेलमा नखेलेका रोनाल्डो सुपर कपमा अधिकांशको ध्यान खिच्ने खेलाडीका रुपमा हेरिएका छन्। उनीसँगै २४ सदस्यीय टोलीमा नयाँ सदस्य डानी सेबालोस र थियो हर्नान्डेज रहेका छन्। बालोन डी’ओर विजेता रोनाल्डो पुरानो क्लब युनाइटेडविरुद्ध उत्रदा लुका मोड्रिच र ग्यारेथ बेलजस्ता स्टारको पनि साथ रहनेछ। रियलले गत सिजन लोनमा बिताएका बोर्जा मायोरल र जेसस भालेजोलाई पनि टोलीमा समावेश गरेको छ।

युनाइटेडका प्रशिक्षक माउरिन्होले आफ्नो क्लबको प्रि-सिजन उत्कृष्ट रहेको बताएका छन्। ‘सबैले खेले। हामीले धेरै परिक्षण गर्यौं। यद्दपी नतिजाको हामीले धेरै मतलब गरेनौं,’ उनले भने,‘हामीले टोलीमा आउने आमुल परिवर्तनका विषयमा परिक्षण गरेका हौं। केही चोटले समस्या पारेको छ, तर त्यस्तो चिन्ताजनक छैन। अब हाम्रो ध्यान सुपर कप र प्रिमियर लिगको पहिलो खेलमा लक्षित छ।’

यता रियलका प्रशिक्षक जिदानले पनि रियलले प्रिसिजनमा तयारी राम्रो गरेको बताए। नतिजा रियलको पक्षमा नआएपनि टोलीले युवा र अनुभवी खेलाडीलाई एकतृत पार्न मद्दत पुगेको उनको बुझाई छ। उनले ग्यारेथ बेलको बारेमा पनि उनि रियलमै रहने प्रष्ट्याए।

खेल नेपाली समयानुसार मंगलबार मध्यरातको १२:३० बजे हुनेछ।

 

बेल र जिदान (दायाँ) ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.