default_image

8 years ago

August 8, 2017

बेलका विषयमा माउरिन्होलाई जिदानको जवाफ

87 views

0 Bookmark

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका जिनेदिन जिदानले ग्यारेथ बेल टोलीमै रहने प्रष्ट पारेका छन् । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले हिजो बेललाई लिन सक्ने विषयमा प्रतिक्रिया दिएपछि जिदानले त्यसको जवाफ दिएका छन् ।

zidane

सुरुवा बजार बन्द हुन एक महिना भन्दा कम समय रहेको अवस्थामा माउरिन्होले बेलका लागि प्रयास गरिने बताएका थिए । आज राती हुने युइएफए सुपर कप फाइनल खेलमा रियलले खेलाउने नखेलाउने विषयमा आफ्नो चासो रहेको उल्लेख गर्दै माउरिन्हाले भनेका थिए,‘यदि उनले खेलेनन् भने म उनलाई ल्याउने विषयमा सोच्ने छु ।’

यद्दपी बेलले सुपर कप खेले भने उनी रियलको आउने सिजनको योजना रहने माउरिन्होको अनुमान थियो । ‘मलाई लाग्दैन उनको सुरुवाको सम्भावना छ,’ उनले भनेका थिए,‘तर उनलाई खेलाइएन भने हामी उनलाई कुर्ने छौं र अन्य प्रशिक्षकसँग उनलाई भित्राउने प्रतिस्पर्धामा लाग्नेछौं ।’

युनाइटेड र रियलबीच आज राती सुपर कप फाइनल हुँदैछ । युरोपियनको नयाँ सिजन अघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग च्याम्पियनबीच सुपर कप हुने गर्दैछ । माउरिन्होले बेलका बारेमा अड्कल काटेपछि जिदानले त्यसलाई चिर्ने प्रयास गरेका छन् ।

सुपर कपअघिको पत्रकार सम्मेलनमा जिदानले भने,‘खेलाडीले राम्रो महासुस गर्नु महत्वपूर्ण विषय हो । बेल टोलीसँग लगातार अभ्यासमा छन्, त्यो हाम्रो लागि महत्वपूर्ण हो ।’ अघिल्लो सिजन बेलका लागि कठिन रहेको स्मरण गर्दै जिदानले थपे,‘उनी चार महिना बाहिर रहे । तर अहिले उनी एकदमै केन्द्रिकृत भएका छन् । एउटा प्रशिक्षकले के भन्छन् त्यो हाम्रो लागि महत्वपूर्ण होइन । हामी भोली कसरी खेल्छौं त्यो महत्वपूर्ण हो ।’

उनले क्रिस्टियानो रोनाल्डोका विषयमा पनि त्यस्तै कथा रचिएको बताए । ‘हामी के गर्दैछौं भन्नेमा केन्द्रित छौं । त्यो हाम्रो लागि महत्वपूर्ण पनि छ । बेल रियलका खेलाडी हुन् । म यत्ति भन्न सक्छु । म सुपर कप फाइनलका बारेमा मात्र कुरा गर्न चाहन्छु,’ जिदानले भने,‘हामी यहाँ आएका छौं । म, सबै खेलाडी र समर्थक यहि खेलका लागि आएका छौं । अन्य विषयमा मेरो खासै रुचि पनि छैन ।’

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.