8 years ago
August 8, 2017
स्पेन (एजेन्सी ) – विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फ्रान्सको शीर्ष डिभिजन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमारलाई बायर्न म्युनिखले सन् २०१० मा भित्र्याउन नचाहेको नेयमारको एजेन्टले खुलासा गरेका छन् ।

नेयमारका पूर्वएजेन्ट प्रेड्राक राक्कीले २०१० मा बायर्नका स्पोर्टिङ निर्देशक क्रिस्टियन नेरलिंगरलाई नेयमारलाई भित्र्याउने प्रस्ताव गरेपनि युवा अवस्थाका नेयमारलाई ठूलो रकम खर्चिन बायर्न तयार नभएको जनाएका छन्।
‘मैले दुइ पटकको फोन वार्तापछि नेरलिंगरलाई भेटेको थिए। बायर्न म्युनिखले नेयमार प्रति चासो राखेपनि १८ वर्ष नपुगेका खेलाडीलाई बायर्नले २२ मिलियन युरो तिर्न तयार नभएको बताए। उनले नेयमारको स्थिति बायर्नले नियाली राख्ने तर तत्काल उनलाई खरिद गर्न सान्तोसको मूल्य तिर्न नचाहेको बताए।’
त्यसको तीन वर्षपछि नेयमार बार्सिलोना पुगे र यसै ट्रान्सफर विन्डोमा बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा यसै सिजन फ्रान्सको पिएसजी पुगेका हुन्।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]